यातायात व्यवस्थापन सम्बन्धी बालेनको हस्तक्षेप स्वीकार्य छैन ः अध्यक्ष क्षेत्री

Written by meropradesh creator

४ भाद्र २०८०, सोमबार

रामेछाप । काठमाडौँ महानगर पालिकाका प्रमुख बालेन शाहले यातायात व्यवस्थापनमा गरेको हस्तक्षेप आफूहरूलाई मान्य नहुने पूर्व अरनिको यातायात प्रा.ली का अध्यक्ष केदार क्षेत्रीले बताए ।
जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित पूर्व अरनिको होटेल उद्घाटन कार्यक्रममा रामेछाप आइपुगेका अध्यक्ष क्षेत्रीले पत्रकारहरू सँग कुरा गर्दै भने“ काठमाण्डौंका महानगर पालिकाका नगरप्रमुख बालेन शाहले यातायात व्यवस्थापनमा जुन हस्तक्षेपकारी नीति ल्याएको छ, उक्त नीति गलत छ । जुन गंगबु बसपार्कबाट मात्र यातायात छुटाउन पर्छ । सोही स्थान बाट मात्र टिकट बिक्री गर्नु पर्छ । बाहिर जिल्ला बाट महानगरपालिका भित्र  प्रवेश गरेका यातायातहरू महानगरपालिका भित्र कुनै पनि स्थानमा रोक्न नपाउने । यात्रु चढाउन या ओराल्न नपाउने । गंगबुबसपार्क मा मात्र यात्रु चढाउन ओराल्न पर्ने यातायात व्यवस्था ल्याएको छ त्यो व्यवस्था हामीलाई मान्य हुने छैन” ।
हामीले आफ्नै लगानीमा यात्रुलाई समस्या नहोस् भनेर जडीबुटीमा जग्गा भाडामा लिएर बस पार्क निर्माण गरेका छौँ सोही स्थानमा हामीले बसपार्क सञ्चालन गर्न पाउन पर्छ । अन्यथा आम यात्रु आन्दोलित हुने छ । कोटेश्वरको बासिन्दा गंगबु बसपार्क बस चढ्न र उत्रन जादैन् । त्यो सम्भव छैन । यात्रुलाई झन् आर्थिक भार पर्छ” ।
काठमाण्डौं महानगरपालिकाका नगरप्रमुखले जडीबुटी पुल क्रस गरेपछि यात्रु गंगबु बसपार्क नपुगी चढाउन या ओराल्न  लामो दुरीको सवारी साधनले नपाउने नीति ल्याए सँगै यातायात व्यवस्थापन समिति आन्दोलनमा उत्रने तयारीमा रहेका छन् । आम यात्रुले पनि आफूहरूको आन्दोलनमा साथ दिने पूर्व अरनिको यातायात प्रा.ली का अध्यक्ष केदार क्षेत्रीले बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...