व्यवस्थापन समितिको कमजोरीले बिद्यार्थीको भविष्य खतरामा

Written by meropradesh creator

१३ बैशाख २०७८, सोमबार

रामेछाप । सुनापाती गाउँपालिका वडा नम्बर १ गुन्सि भदौरेमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिको कमजारीको कारण बिद्यालयका बिद्यार्थीहरुको भविष्य खतरामा परेको छ । विद्यालय व्यवस्थापनमा अध्यक्षको एकलौटी निर्णय र हस्तक्षेपकारी भूमिकाका कारणले विद्यालयको भौतिक आर्थिक र शैक्षिक स्थिति नाजुक बनेको स्थानिय धुर्ब चौलागाईले आरोप लगाए । विद्यालय व्यवस्थापन समितिमा कर्णबहादुर बम्जन अध्यक्ष भएदेखि विद्यालयको शैक्षिक तथा भौतिक अवस्था झन कमजोर हुँदै गएको उनले आरोप लगाएका छन् । लामो समयदेखि अनेक प्रपञ्च रचेर अध्यक्ष बम्जनले आफ्नै भाइलाई जागिर खुवाएको पनि उनको आरोप छ । पञ्चकन्या आधारभूत विद्यालय विक्रम सम्वत् २०३१ सालमा स्थापना भएको पहिलो प्राथिमक विद्यालय हो । यस विद्यालयले कैयौँ दक्ष जनशक्ति इन्जिनियर, निजामती कर्मचारी, शिक्षक उत्पादन गर्ने आधार बनाइदिएको चौलागाईको भनाइ छ । तर केही वर्षदेखि यस विद्यालयले राम्रो व्यवस्थापन नपाएकोले विद्यालयको भौतिक आर्थिक र शैक्षिक स्थिति नाजुक बनेको उनले बताए ।
विद्यालय प्रधानाध्यापक श्यामप्रसाद गौतमसमेत व्यवस्थापन समितिका अध्यक्षको लहैलहैमा लागिरहेको चौलागाईको भनाइ छ । प्रधानाध्यापक समेतको असक्षमता र अपरिपक्व, अदुरदर्शीता, अभिभावकसँग समन्वय, सहकार्य नगर्न र विद्यालय व्यवस्थापनका अध्यक्षको आफ्नै तरिकाले निर्णय गर्ने समितिका सदस्यहरूसँग छलफल नगर्ने, घर घरमा गइ कीर्ते सहीछाप गराउने आफ्नो स्वार्थ पूरा गर्ने समिति भएकोले विद्यालयको अवस्था खस्कदै गएको चौलागाइले बताए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य विक्रम माझीका अनुसार अध्यक्षको ध्यान शैक्षिक गुणस्तर र भौतिक संरचना कसरी निर्माण र व्यवस्थापन गर्ने भन्दा पनि विद्यालयको खाता सञ्चालनमा बढी चासो रहेकोे बताए ।
विद्यालय व्यवस्थापन समिति सदस्य माझीले भने अघिल्लो व्यवस्थापन समितिमा पनी आफु सदस्य रहेको र अहिले पनि सदस्य रहेको बताए तर अहिले व्यवसथापन समितिको मिटिङ सार्वजनिक रूपमा नबस्ने, भित्री रूपमा कागजपत्र तयार गर्ने र हस्ताक्षर गर्ने, कतिपय सदस्यहरूलाई कुनै खबरै नगर्ने गरेको उनको भनाई छ । अध्यक्षले विद्यालयको लेडरप्याड र स्ट्याम्प प्याड खल्तिमा बोकेर हिड्ने अनि केही व्यक्ति बसेर आफू अनुकूल निर्णय गर्दै अन्य सदस्यहरूका घरमै गएर हस्ताक्षर गर्न लगाउने गरेको उनको आरोप छ । उनले भने हामीले त्यसको विरोध गर्दा अहिले हामीलाई बैठकको सूचना नै दिँदैनन् ।“
“भाइलाई विद्यालयमा नियुक्त गरेपछि त झन् अहिले प्रधानाध्यापकलाई नै बाइपास गरेर खाता सञ्चालनको तयारी गर्ने प्रपञ्च हुँदैछ । यो गैरजिम्मेवारी र कानुन सम्मत होइन । हामी माझीकै केटाकेटीहरू त्यहाँ बढि छन् र हामीलाई हाम्रा छोरोछोरी र विद्यालयको भविष्यप्रति चिन्ता छ तर उनीहरूले आफ्ना मान्छेलाई जागिर कसलाई खुवाउने भन्ने चिन्ता छ । हेड सरलाई पनि व्यवस्थापन समितिको निर्णय लागू गर्न बाध्य बनाइदै आएको छ । यसमा हाम्रो सहमति छैन माझीको थप आरोप छ ।
उनले भने, “व्यवस्थापन समितिका कारण विद्यालयको पढाइ मात्र होइन बालबालिकाहरूको भविष्यमाथि पनि खेलवाड भइरहेको छ । शिक्षकलाई मानसिक तनाव दिने, समयमा तलबसमेत उपलब्ध नगराउँद पढाइमा गुणस्तरीयता के होला ? यस्तो अवस्थामा विद्यालयका शैक्षिक सुधार कसरी होला ? २०७२ सालको भूकम्पले चर्काएको भवनमा नै पठनपाठन भइरहेको छ । देशभर नयाँभवन बनेपनि पञ्चकन्या आधारभूत विद्यालयको नयाँ भवन त के मर्मत पनी हुन सकिरहेको छैन । जसका लागि पालिका र वडा र शिक्षा हेर्ने निकायसमेत नतमस्तक रहेका छन् । तसर्थ यहाँका सीमान्तकृत र दलित समुदाय नयाँ पक्की भवन निर्माण गरिदिनको लागि स्थानीय सरकार, प्रदेश सरकार तथा शैक्षिक संघसंस्थाको ध्यान पुगोस माझीले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...