व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

२९ श्रावण २०८३, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले पार्टीभित्र देखिएका भिन्न मत र प्रतिकूलताका बीच पनि संस्थागत एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले नेता तथा कार्यकर्ताले व्यक्तिगत सम्बन्धका आधारमा धारणा बनाउनेभन्दा पार्टीको संस्थागत मर्यादा र सिद्धान्तलाई आत्मसात गर्नुपर्ने बताए । पार्टी र देशको हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

‘व्यक्ति र संस्थाप्रतिको निष्ठामध्ये चयन गर्नुपर्दा हामीले पार्टी र देशलाई नै प्राथमिकता दिनुपर्छ,’ शर्माले भने, ‘व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर पार्टीको संस्थागत मर्यादा र सिद्धान्तलाई आत्मसात गर्न म सबै साथीहरूलाई आग्रह गर्दछु ।’

शर्माले पार्टीभित्रको आन्तरिक विषयलाई संयम र परिपक्वताका साथ समाधान गर्नुपर्ने बताए । उनले आफूहरूले जेठ १६ गते नै सातबुँदे लिखित प्रस्ताव नेताहरू समक्ष पठाएको उल्लेख गर्दै त्यसलाई पार्टीको आन्तरिक विषय भएकाले तत्काल सार्वजनिक नगरेको स्पष्ट पारे ।

उनका अनुसार पछि जेठ ३१ गते उक्त प्रस्ताव सार्वजनिक गरिएको हो । पार्टीभित्रका मतभेदलाई बाहिर विवादका रूपमा प्रस्तुत गर्नुभन्दा संवाद र संस्थागत प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा उनले जोड दिए ।

शर्माले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताकै आधारमा नेपाली कांग्रेस आगामी दिनमा अझ सुदृढ भएर अघि बढ्ने विश्वास व्यक्त गरे । पार्टीभित्र देखिएका भिन्न मतलाई स्वाभाविक रूपमा लिएर संस्थागत एकतालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

यसैगरी, गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेपछिको परिस्थितिलाई कसैको जित वा हारका रूपमा लिन नहुने शर्माले बताए । उनले अदालतको निर्णयपछि पार्टीलाई थप एकताबद्ध र संस्थागत रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।

उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वप्रति आफ्नो विश्वास कायमै रहेको बताए । गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले आगामी दिनमा सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू पूर्ण रूपमा दृढ रहेको उनको भनाइ थियो ।

पार्टीभित्रको सुदृढ एकताले मात्रै कांग्रेसलाई बलियो बनाउने र कांग्रेस बलियो हुँदा मुलुकको लोकतान्त्रिक प्रणालीसमेत थप मजबुत हुने शर्माले बताए । उनले नेता तथा कार्यकर्तालाई व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पार्टीको सिद्धान्त, संस्था र देशको हितलाई केन्द्रमा राख्न आग्रह गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...