रामेछाप । उमाकुण्ड गाउँपालिकाले वर्षे बिदामा बिद्यार्थीहरुलाई कम्प्युटर कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले बर्षे बिदाको समयमा कक्षा आठ भन्दा माथीका बिद्यार्थीहरुलाई वर्षे बिदाको समयमा कम्प्युटर कक्षा सञ्चालन निर्देशन गरेको थियो । सोही अनुसार सबै माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ भन्दा माथिका विद्यार्थीहरूलाई वर्षे बिदाको समयमा दैनिक २ घण्टाको कम्प्युटर कक्षा सञ्चालन गर्न भनेको छ ।
उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जारी गरेको सूचनामा ‘ यस गाउँपालिका अन्तर्गत माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ भन्दा माथिका विद्यार्थीहरूलाई वर्षे बिदाको समयमा लक्षित गरी दैनिक २ घण्टाको दरले न्यूनतम २० जना विद्यार्थीको समूह बनाई १५ दिने कम्प्युटर (अफिस प्याकेज) सम्बन्धी कक्षा सञ्चालन अनुरोध गरेको थियो ।
विद्यालयले कम्प्युटर कक्षा सञ्चालन गरे पश्चात् विद्यार्थीको हाजिरी र शिक्षकको हाजिरी सहितको कागजात संलग्न राखी भुक्तानीका लागि गाउँपालिकामा पेस गर्न पनि गाउँपालिकाले आग्रह गरेको थियो ।