वलीको आगामी वैशाख २३ गते चुनाव गर्ने प्रस्ताव ःनेकपाले वलीलाई कार्बाही गर्ने

Written by meropradesh creator

५ पुष २०७७, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाइ आउँदो वैशाखको २३ गते आम चुनाव गर्न प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर २०७८ सालको वैशाख २३ गते आम चुनावको प्रस्ताव गरेको राष्ट्रपति कार्यालय स्रोतले जानकरी दिएको छ । ‘संसद विघटन गर्नु भनेकै अर्को चुनावको लागि हो, संसद विघटनको प्रस्ताव आउँदा चुनावको मिति पनि प्रस्ताव हुनु स्वभाविक रहेको स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान संसद विघटनको प्रस्ताव राष्ट्रपति कार्यालयमा पठाई सकेको छ ।
साथै नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकका लागि नेताहरू बालुवाटारमा जम्मा भइरहेका छन् । पूर्व निर्धारित स्थायी कमिटी बैठकका लागि नेताहरू बालुवाटारमा जम्मा भएको नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । आजको बैठकमा पूर्व निर्धारित एजेण्डामा छलफल नहुने, प्रधानमन्त्री ओलीको पछिल्लो कदमबारे छलफल हुने र प्रधानमन्त्रीलाई कारबाहीको पनि सिफारिस हुन सक्ने उहाँले जानकारी दिनुभयो । ‘देशलाई नै अफ्ठ्यारोमा पार्ने गरि उहाँले कदम चाल्नुभयो, बैठकमा चुप लागेर बस्ने कुरा भएन, उहाँलाई कारबाहीको प्रस्ताव पनि हुन सक्छ’, नेतृ शाक्यले भन्नुभयो । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । पार्टीभित्र सहमतिको प्रयास भइरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गर्नुभएको हो । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...