वलीको आगामी वैशाख २३ गते चुनाव गर्ने प्रस्ताव ःनेकपाले वलीलाई कार्बाही गर्ने

Written by meropradesh creator

५ पुष २०७७, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाइ आउँदो वैशाखको २३ गते आम चुनाव गर्न प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर २०७८ सालको वैशाख २३ गते आम चुनावको प्रस्ताव गरेको राष्ट्रपति कार्यालय स्रोतले जानकरी दिएको छ । ‘संसद विघटन गर्नु भनेकै अर्को चुनावको लागि हो, संसद विघटनको प्रस्ताव आउँदा चुनावको मिति पनि प्रस्ताव हुनु स्वभाविक रहेको स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान संसद विघटनको प्रस्ताव राष्ट्रपति कार्यालयमा पठाई सकेको छ ।
साथै नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकका लागि नेताहरू बालुवाटारमा जम्मा भइरहेका छन् । पूर्व निर्धारित स्थायी कमिटी बैठकका लागि नेताहरू बालुवाटारमा जम्मा भएको नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । आजको बैठकमा पूर्व निर्धारित एजेण्डामा छलफल नहुने, प्रधानमन्त्री ओलीको पछिल्लो कदमबारे छलफल हुने र प्रधानमन्त्रीलाई कारबाहीको पनि सिफारिस हुन सक्ने उहाँले जानकारी दिनुभयो । ‘देशलाई नै अफ्ठ्यारोमा पार्ने गरि उहाँले कदम चाल्नुभयो, बैठकमा चुप लागेर बस्ने कुरा भएन, उहाँलाई कारबाहीको प्रस्ताव पनि हुन सक्छ’, नेतृ शाक्यले भन्नुभयो । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । पार्टीभित्र सहमतिको प्रयास भइरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गर्नुभएको हो । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

खाँडादेवी गाउँपालिको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले विरोध पछि गरे बहिस्कार – गाउँ सभा अनिश्चित 

खाँडादेवी गाउँपालिको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले विरोध पछि गरे बहिस्कार – गाउँ सभा अनिश्चित 

रामेछाप । खाँडादेवी गाउँपालिकाको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले बहिस्कार गरेका छन् । वडा अध्यक्षहरूले गाउँभामा बहुमतको कदर नभएको भन्दै बहिस्कार गरेका छन् । वडा अध्यक्षहरूको विरोध पछि गाउँ सभा स्थगित भएको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठले वडा कार्यालय र कार्यपालिकाको...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...