काठमाण्डौं । नेपाल आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ । थाइल्यान्डमा जारी छनोट खेल अन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर–३ मा प्रवेश गरेको हो । हङकङसंग समान ५ अंक भए पनि नेपाल बढी जितका आधारमा अघि सुपर(३ मा पुगेको हो ।
नेपालले ४ खेलमा २ जित, १ हार र १ खेलमा अंक बाडेर ५ अंक जोड्यो । यस्तै हङकङको ४ खेलमा १ जित र ३ अंक बाड्दा समान ५ अंक बनाएको थियो । नेपालले अब सुपर( ३ मा यूएई र थाइल्याण्डसँग खेल्नेछ । सुपर(२ का शीर्ष(२ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्नेछ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









