काठमाण्डौं । विश्व रेडियो दिवसको अवसर पारेर स्वतन्त्र रेडियो सहकार्य नेपाल गठन भएको छ । रेडियोहरूको हकहीतमा काम गर्ने लक्ष्य सहित नयाँ संस्था गठन भएको स्वतन्त्र रेडियो सहकार्य नेपाल गठन भएको हो । देश भरका १५ वटा रेडियोहरूको सहकार्यमा मङ्गलबार गठित ’स्वतन्त्र रेडियो सहकार्य नेपाल’ ले रेडियोहरूबीच स्रोतसाधन, बजार र कार्यक्रममा समेत सहकार्य गर्ने उद्देश्य राखेको छ । संस्था गठनपछि जारी गरिएको घोषणापत्रमा आर्थिक स्रोत, रेडियो सामग्री उत्पादन, बजार व्यवस्थापन र उत्पादन बाँडफाँटमा साझा रुपमा काम गर्ने उद्देश्य राखिएको छ ।
दुई दिन सम्म जारी भेलामा नेपाल एफएम (काठमाडौं), तिलोत्तमा एफएम (रुपन्देही), रेडियो कैलाली (कैलाली), रेडियो मन्त्र (झापा), स्काई एमएम (विराटनगर), मिक्स एफएम (नुवाकोट), झङ्कार एफएम (रामेछाप), कर्णाली आवाज (हुम्ला), रेडियो तीनजुरे (तेह्रथुम), रेडियो परिवर्तन (बाग्लुङ्ग), दुधौली एफएम (सिन्धुली), शुक्लगण्डकी एफएम (तनहुँ), धड्कन एफएम (सर्लाही), रेडियो मलङ्गजा (सर्लाही) र अपन एफएम (सप्तहरी) का प्रतिनिधिले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
नवगठित संस्थाका संयोजक गोविन्द खड्काले स्वतन्त्र रेडियो बचाउन नयाँ अभियान थालनी भएको बताए । विश्व रेडियो दिवसको पूर्वसन्ध्यामा सोमबार र मङ्गलबार भएका छलफलहरूपछि स्वतन्त्र रेडियो बचाउनका लागि सहकार्यात्मक संगठन बनाउने निष्कर्षमा पुगेको खड्काले जानकारी दिए ।
सहमतिपछि जारी घोषणापत्रमा रेडियोका छाता संगठकहरू बाटो हराएका यात्रीजस्ता भएका र उनीहरूले स्थानीय रेडियो बचाउन नीतिगत र व्यवस्थापकीय दुबै काममा नेतृत्वदायी भूमिका खेल्न नसकेको आरोप लगाइएको छ । हाल निजी स्थानीय रेडियोको छाता संस्थाका रुपमा ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल र सामुदायिक रेडियोको छाता संस्थाका रुपमा सामुदायिक रेडियो प्रसारक संघ रहेका छन् भने काठमाडौं उपत्यकामा अर्को संस्था काठमाडौं उपत्यका रेडियो प्रसारक मञ्च नामको अलगै संस्था पनि अस्तित्वमा छ । “रेडियोका छाता संगठकहरू बाटो हराएका यात्रीजस्ता छन् जसले स्थानीय रेडियो बचाउन नीतिगत र व्यवस्थापकीय दुबै काममा नेतृत्वदायि भुमिका खेल्न सकेका छैनन्“, घोषणापत्रमा भनिएको छ, “रेडियोलाई बचाउन सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्था, छाता संगठन, सञ्जाल तथा विज्ञापन एजेन्सीहरूले स्रोत बाडफाँडमा गरेको पहल अनुसार स्थानीय रेडियोहरुमा न आर्थिक स्रोत पुगेको छ न त सहयोग नै पाइरहेका छन् ।“
न्यूनतम आर्थिक श्रोत जुटाउन पनि चुनौती भोगिरहेका स्थानीय रेडियोले जनशक्ति उत्पादन गर्न र टिकाउन नसकेको घोषणापत्रमा उल्लेख छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागको तथ्यांक अनुसार देशभर ९३१ रेडियोले इजाजत पाएका छन् । यद्यपि इजाजत लिएका सबै रेडियो सञ्चालनमा भने छैनन् । करिब ७ सय सञ्चालित रेडियोहरूमध्ये पनि हाल एक सय हाराहारी रेडियो बन्द छन् ।
“यही पृष्ठभूमिलाई ध्यानमा राखेर स्वतन्त्र रेडियो बचाऊ अभियानले विश्व रेडियो दिवस २०२४ को अवसर पारेर आर्थिक स्रोत, रेडियो सामग्री, बजार र उत्पादन (समाचार, कार्यक्रम र गतिविधि) बाँडफाँडमा साझा रुपमा काम गर्ने उद्देश्य सहित स्वतन्त्र रेडियो सहकार्य (ऋयबष्तिष्यल या -Coalition of Independent Radio CIR_ नेपाल गठन गरि कार्य गर्न हामी रेडियोहरु प्रतिवद्ध छौँ“, घोषणापत्रमा भनिएको छ । स्वतन्त्र रेडियो सहकार्य नेपालका संयोजक खड्काले १६१ रेडियोले संस्थासँग आबद्धताका लागि सहमति दिएको जानकारी दिए । “अरु पनि रेडियोहरू अभियानमा जोडिँदै जानुहुन्छ“, उनले भने ।
संस्थाले मङ्गलबार जारी घोषणापत्रमा आफ्ना पाँच उद्देश्यहरू यसरी राखेको छः
१. वर्तमान अवस्थामा रेडियोमा देखिएको संकट समाधानका लागि स्वतन्त्र रेडियो सहकार्य (सीआरआई) नेपाल को नाममा रेडियो बचाऊ अभियान सञ्चालन गर्न ।
२. CIR Nepal रेडियोहरू एउटै रेडियो अवधारणमा सामुहिक रुपमा काम गर्ने र ऋक्ष्च् ल्भउब िमार्फत उत्पादन तथा प्रसारण हुने सामग्री (समाचार कार्यक्रम) विज्ञापन सूचनाको आर्थिक स्रोतलाई सामुहिक रुपमा वितरण गर्न ।
३. रेडियोलाई केन्द्रमा राखेर खोज तथा अनुसन्धान, ज्ञान उत्पादन तथा व्यवस्थापन, इभेन्ट व्यवस्थापन, क्षमता विकास र स्थानीय सरकार सवलीकरणका लागि सञ्चार अभियान सञ्चालन गर्न ।
४. नेपाल सरकार विज्ञापन बोर्डले रेडियोमा पठाउने लोककल्याणकारी विज्ञापन बापत कट्टा गर्ने ३ प्रतिशत कमिशन खारेजीको पहल र नेतृत्व लिन ।
५. सूचना प्रविधीको विकासलाई सम्बोधन गर्दै संसारमा वर्षौंअघिदेखि कार्यान्वयनमा आएको डिजिटल रेडियो अवधारणामा काम गर्न ।
स्वतन्त्र रेडियो सहकार्य ( CIR Nepal_ को सचिवालय हालका लागि नेपाल एफएम काठमाडौं रहनेगरी तोकिएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...