विश्व बजारमा रामपुरको राजमा

Written by meropradesh creator

१२ चैत्र २०७९, आईतवार

रामेछाप । रामेछाप नगरपालिकाको रामपुरमा उत्पादन भएको राजमा बिश्वबजारमा पुर्याउने लक्ष्य सहकारीले लिएको छ । सगरमाथा कृषि तथा पशुपालन सहकारी संस्था रामपुरले सियास र आर्या नामक संस्थासँग सहकार्य गरि राजमा ब्रान्डिङ, लेभलिङ र प्याकेजिङ सहितको काम सकेर बजारमा ल्याएको छ । सहकारीले एक कार्यक्रमको आयोजना गरि राजमा ब्रान्डिङ, लेभलिङ र प्याकेजिङ सहित बजार पठाउने काम शुरु भएको जानकारी दिए ।

सहकारीले आयोजना गरेको कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्र्रमुख लबश्री न्यौपानेले रामपुरमा उत्पादित राजमा ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित बजारमा पुग्दा निकै खुशी लागेको बताए । नगरप्रमुख न्यौपानेले भने “नगरपालिकामा रहेको ९ वटा वडामा नगरपालिकाले पकेट क्षेत्र घोषणा गरिसकेको छ । पकेट क्षेत्र घोषणा गरेर सोहि अनुसार काम गर्दै आएको छ । हरेक वडामा छुट्टा छुट्टाई खालका कृषि जन्य बस्तु उत्पादन हुन्छ । सबै वडामा उत्पादन भएका वस्तुको वडा नम्बर ५ ले जस्तै ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित बजारमा पठाउन सके नगरपालिका सम्वृद्ध हुने बताए । नगरको उत्पादनलाई ब्रान्डिङ, लेभलिङ र प्याकेजिङ गरी बजार पठाउन नगरपालिका तयार रहेको छ । उत्पादन र बजारीकरणमा सहयोग गर्न नगरपालिका तयार छ । योजना बनाएर पालिका आउनुस हामि आवश्यक सहयोग र सहकार्य गर्न तयार छौं । नगर प्रमुख न्यौंपानेले भने” ।

रामपुरका महिलाहरुले उत्पादन गर्दै आएको गेडागुडी जातका तरकारी बालीहरुले अब राम्रो बजार पाउनेमा आफु बिश्वस्त रहेको रामेछाप नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरिशचन्द्र श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले भने रामपुरदेखी रामेछापको बिहिबारे हाटमा यस भन्दा अघि बिक्रि गर्न बोकेर ल्याउनु पर्ने समस्या थियो । अब त्यो समस्या हटेको छ । यस भन्दा पहिला किसानबाट बिचौलीयाहरुले सस्तोमा गेडागुडी खरिद गरेर महंगोमा बिक्रि गर्दै आएका थिए । अब यो समस्या पनि अन्त्य हुने भयो वडाअध्यक्ष श्रेष्ठले भने ।

सहकारीका अध्यक्ष एवं सोहि वडाका निर्वतमान वडा अध्यक्ष भिम बहादुर तामाङले भने “हाम्रो सहकारीमा १ सय ६० जना सदस्य छन् । सदस्य मध्य १ सय १६ जना महिला सदस्य छन् । उहाँहरुले बार्षिक ५० देखि ६० टन राजमा रामपुरमा उत्पादन गर्दै आउनु भएको छ । यो बर्ष हामीले परिक्षणको लागी १४ टन राजमा बजार पठाउने तयारी गरेका छौ । बजारको अवस्था हेरेर बजार पठाउने छौं ।

हामिलाई सियास र आर्या नामक संस्थाले बजारिकरणको लागी सहयोग गरेको छ हामी सफल हुनेमा बिश्वस्त छौं सहकारीका अध्यक्ष तामाङले भने । उनले सहकारीले खाद्य तथा गुणस्तर बिभागमा परिक्षण गर्दा उत्कृष्ट राजमा रहेको पुष्टि भए संगै बजारमा लैजान ब्रान्डिङ, लेभलिङ र प्याकेजिङ गरि बजारमा पठाउने तयारी गरेको हो । हाम्रो राजमा देश भरीको राजमामा उत्कृट छ । रामेछापमा उत्पादन भएको राजमा उत्कृष्ट राजमा भित्र प्रर्दछ । रामेछापको रामपुरमा प्रत्यक बर्ष ५० देखी ६० टन राजमा उत्पादन हुने गरेको छ । सहकारीका अध्यक्ष तामाङले भने ।

चार घरे ब्राण्ड मार्फत बजारमा पुग्ने राजमा १ केजी र ५ सय ग्रामको प्योकटमा प्याक भएर नेपालका विभिन्न बजारहरुमा पुग्ने छ । आफुहरुको उत्पादन देशका विभिन्न ठाउँमा पुग्ने भएपछि उचित मुल्य पाईनेमा आफुहरु बिश्वस्त रहेको सहकारीका सदस्यहरुले बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...