विशेष महाधिवेशन सफल, अब निर्वाचनमा केन्द्रित हुनुपर्छ : अधिकारी


पूर्वमन्त्री तथा नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिका सभापति रामनाथ अधिकारीले नेपाली कांग्रेसको विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब पार्टी सम्पूर्ण रूपमा आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

विशेष महाधिवेशनपछि प्रतिक्रिया दिँदै सभापति अधिकारीले पार्टीभित्र चलेका बहस, मतभिन्नता र असहमतिहरू लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भएको उल्लेख गरे। उनका अनुसार ती सबै विचार–मन्थनबाट पार्टीले परिपक्व र सकारात्मक निष्कर्ष निकालेको छ, जसले कांग्रेसलाई नयाँ दिशातर्फ अघि बढ्न मार्गप्रशस्त गरेको छ।

कांग्रेस नेता शेखर कोइराला निकट मानिने अधिकारीले विशेष महाधिवेशनले नीति, नेतृत्व र संगठनात्मक संरचनामा आवश्यक सुधारको बाटो खोलेको बताए। उनले सभापतिमा निर्वाचित गगनकुमार थापा नेतृत्वको टिमलाई बधाई दिँदै पार्टी एकताका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

अधिकारीद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेस नेपालको लोकतन्त्र, जनअधिकार, नागरिक स्वतन्त्रता, संवैधानिक सर्वोच्चता, विधिको शासन र उदार अर्थनीतिको संस्थापक तथा संरक्षक पार्टी भएको उल्लेख गरिएको छ। लोकतान्त्रिक राष्ट्रशक्तिको रूपमा कांग्रेसले समय र जनभावनाअनुसार आफूलाई रूपान्तरण गर्दै देश र जनताको हितमा समर्पित हुनुपर्ने दायित्व रहेको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा गत भदौ २३ गते भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जेन–जेङ ९जेन्जी० तथा नवयुवा पुस्ताले गरेको आन्दोलनको भावनालाई आत्मसात गर्दै पार्टीभित्र नीति र नेतृत्व परिवर्तनको एजेन्डासहित विशेष महाधिवेशन सम्पन्न गरिएको उल्लेख छ। उक्त महाधिवेशनबाट नयाँ नीति निर्माण र नेतृत्व चयन भएको जनाउँदै जिल्ला कार्यसमितिले यसलाई सकारात्मक र ऐतिहासिक कदमको रूपमा लिएको जनाएको छ।

धादिङ जिल्ला कार्यसमितिले पार्टीका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका इकाइ, टोल तथा वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति, प्रदेश र जिल्ला तहका पदाधिकारी, महाधिवेशन तथा प्रदेश अधिवेशन प्रतिनिधिहरूलाई संगठन विस्तार, सुदृढीकरण र सक्रियताका साथ अगाडि बढ्न आह्वान गरेको छ।

साथै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी र पार्टीले तय गर्ने उम्मेदवारको पक्षमा जनताको बीचमा केन्द्रित भई लाग्न जिल्ला कार्यसमितिले अपिल गरेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...