विरोधमा उत्रनेलाई वडा अध्यक्ष पौडेलको चेतावनी

Written by meropradesh creator

९ चैत्र २०७९, बिहीबार

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरवासका वडा अध्यक्ष मनोज पौडेलले वडा कार्यलय निर्माणमा बिरोध नगर्न आग्रह गरेका छन् । वडा कार्यलय बनाउन नदिन केहि व्यक्तिहरु नियोजित ढंगबाट लागेको भन्दै त्यस्तो कार्य नगर्न र नगराउन आग्रह गर्दै वडा कार्यलयको बिरोध गरेर देखाउन चेतावनी समेत दिएको छ ।

वडा अध्यक्ष पौडेलले पत्रकार सम्मेलन गरी वडा कार्यलय बन्न नदिन नियोजित ढंगले आन्दोलन गरेको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै वडा अध्यक्ष पौडेलले भने “ खाँडादेवी गाउँपालिकाको सवै वडा वडामा कार्यलय बनाउने निति अनुसार वडा कार्यलयको भवन निर्माण कार्य अघि बढेको छ ।

वडा कार्यलयको ठाँटीमा आफ्नो स्वामित्वमा रहेको जग्गामा भबन निर्माण गर्न सर्वदलिय बैठकको आयोजना गरि सर्वसम्मत रुपमा निर्णय गरि गाउँकार्यपालिकाको १ सय १२ औं बैठकबाट भवन सोहि स्थानमा बनाउने निर्णय भयो । सोहि निर्णय अनुसार आवश्यक प्रक्रिया पुरा गरि उपभोक्ता समिति गठन गरि गाउँपालिका संग सम्झौता सकेर भवनको निर्माण कार्य सुरु भै सकेको छ । वडा अध्यक्ष र वडा कार्यलयले कुनै पनि निति नियम बाहिर गएर कहि काम गरेको छैन् । नागरिकलाई सहज सेवा पर्वाहका लागी वडा र्कालयको आफ्नै जग्गामा भवन बनाउने कुराको बिरोध गर्नु कुनै औचित्य छैन् । यो स्थानमा भवन निर्माणको बिरोध गर्नु विकास बिरोधि गतिबिधि हो । तर्सथ यस्तो नियोजित कार्य नगर्न वडा कार्यलय विरोधमा उत्रियकाहरुलार्य चेतावनि दिन चाहन्छ भनेको छ ।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै एकलौटि आफुले भवन बनाउने निर्णय नगरेको बताए । सबै राजनितिक दलहरुलाई खबर गरि उपलब्ध पार्टि प्रतिनिधिहरुको सहमतिमा वडा कार्यलय राख्ने निर्णय सर्वसम्मत रुपमा भएको बताए । वडाका नागरिकले भने छलफल बिना एकलौटी ढंगले अघि बढे जस्तो सकै मुल्य पनि चुकाउन आफुहरु तयार भएको बताएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र नेकपा समाजवदी सयुक्त रुपमा वडा कार्यलय निर्माणको बिरोधमा गाउँपालिकामा ध्यानआर्कषण पत्र समेत बुझाइसकेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...