विरोध कार्यक्रमलाई सम्बोधन गर्न तरुण दलका अध्यक्ष बस्नेत रामेछाप आउदै

Written by meropradesh creator

१७ माघ २०७७, शनिबार

रामेछाप, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत देश ब्यापी रुपमा प्रधानमन्त्री के पी वलीको कदम विरुद्ध नेपाली काँग्रेसले गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न रामेछाप आउने भएका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको समन्वयमा जिल्लाका विभिन्न भातृ संगठनहरुले संयुक्त रुपमा गर्न लागेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न माग १९ गते सोमबार बस्नेत रामेछाप आउने भएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको समन्वयमा जिल्लाका विभिन्न भातृ संगठनहरुले संयुक्त रुपमा गर्न लागेको विरोध कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी पनि नेपाल तरुण दल रामेछाप लाई दिइएको छ ।
शुक्रवार मन्थलीमा सम्पन्न काँग्रेसका उपलब्ध पादाधिकारीहरु र भतृ तथा सुभेच्छुक संस्थाहरुका प्रतिनिधिहरू सहितको संयुक्त बैठकले सो कार्यको जिम्मेवारी तरुण दल लाई दिने र २४ गतेको कार्यक्रमका लागि ट्रेड युनियन काँग्रेसलाई संयोजनको जिम्मेवारी दिने निर्णय गरेको नेपाली काँग्रेस रामेछापका पार्टि सभापति लवश्री न्यौपानेले जानकारी दिनुभयो ।
काँग्रेस केन्द्रीय कार्यालयले फागुन १९ गते सोमवार सवै भातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले, माघ २४ गते शनिवार शुभेच्छुक संस्थाहरुले र फागुन ३ गते सोमवार जिल्ला कार्य समितिहरुले जिल्लामा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने भनि सबैतिर सर्कुलर गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...