विपिन जोशी जीवित हुन सक्ने इजरायलको विश्वास

२६ आश्विन २०८२, आईतवार

विपिन जोशी हमासको अपहरणमा परेको एक बर्ष पुग्नै लाग्दा पनि अवस्था बारे विश्वासिलो र पुस्टि हुने जानकारी भएको छैन ।‌ कृषि अध्ययनका लागि इजरायल पुगेका जोशी हमासको कब्जामा परेका थिए । तर हालसम्म उनको अवस्था बारे बिश्वासिलो जानकारी भएको छैन ।‌ तर उनी जीवितै फर्किने आशा घरपरिवार र देशले गरिरहेको छ । यसैबिच उनी जीवितै रहेको हुन सक्ने खबर आएको छ ।

जोशी सहित गाजामा हमासको कब्जामा रहेका २२ बन्धकहरूमध्ये नेपाली विपिन जोशी पनि जीवितै रहेको इजरायलले विश्वास गरेको छ। वासिङ्टन पोस्टको एक रिपोर्टअनुसार विपिनसहितका बन्धकहरू जीवितै छन्।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। उक्त आक्रमणमा १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई अपहरण गरिएको थियो। इजरायलको आक्रमणमा ६७,००० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

आक्रमण हुनु एक महिनाअघि मात्र नेपालबाट विपिन जोशी इजरायल गएका थिए। उनी किब्बुट्ज अलुमिममा कृषि अध्ययन गर्न आएका थिए। आक्रमणमा उनी घाइते भई अपहरणमा परेका थिए। उनी गाजामा जीवित रहेको विश्वास गरिएका एकमात्र गैर–इजरायली बन्धक हुन्।

आज विपिन अपहरणमा परेको ३३७ दिन पुगिसकेको छ। परिवारले उनको मुक्तिका लागि निरन्तर प्रयास गरिरहेका छन्।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

मन्थली, ५ बैशाख । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबारदेखि सहकारी संस्थाका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने...

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदका १२ वटा संसदीय समितिको सभापति चयनका लागि प्रक्रिया अघि बढेको छ । यसै क्रममा, महत्वपूर्ण मानिने अर्थ समितिको सभापतिमा रामेछापका सांसद डा. कृष्णहरि बुढाथोकी सिफारिस हुनुभएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने बुढाथोकीलाई...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...