विपद् व्यवस्थापन समितिको निर्णय विपरीत राहत वितरण गरेको भन्दै गाउँपालिका द्वारा विज्ञप्ति

रामेछाप । नेकपा एमाले रामेछापले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय विपरीत राहत वितरण गरेको भन्दै दोरम्बा सैलुङ गाउँपालिकाले विज्ञप्ति जारी गरेको छ । यही भाद्र ८ गते दोरम्बा सैलुङ गाउँपालिका वडा नं. ३ लेखर्कमा परेको अविरल वर्षाले ठुलो धन जनको क्षति भएको थियो । उक्त स्थानमा भएको जनजनको क्षतिको लागि राहत सङ्कलन, अस्थायी बसोबासका कार्यहरू भइरहेको छ । 

गाउँपालिकाको मिति २०८१÷०५÷१० गते, पालिका स्तरीय विपद् व्यवस्थापन मितिको बैठक र जिल्ला विपद् व्यवस्थापन समिति समेतको निर्णय अनुसार राहत वितरण कार्य गाउँ पालिकाको एकद्वारा प्रणाली मार्फत वितरण गर्ने भन्ने निर्णय भएको थियो । तर नेकपा एमालेले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय विपरीत आफ्नो खुसीले राहत वितरण गरेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ “ दोरम्बा सैलुङ गाउँपालिकाको वडा नं. ३ लेखर्क भन्ने स्थानमा मिति २०८१ साल भाद्र ८ गते परेको अविरल वर्षाले ठुलो धन जनकोक्षति भएको ब्यहोरा सर्वविधितै छ । यस विषम परिस्थितिको कारण सिङ्गो गाउँपालिका – अत्यन्तै दुखित छ । यस दुखद घडीमा गाउँपालिकामा बसोबास गरिरहनु भएका दाजुभाइ तथा दिदी बहिनीहरू धैर्य धारण गरी सुरक्षित रहनुहुन समेत गाउँपालिका परिवार हार्दिक अनुरोध गर्दछौँ । उक्त स्थानमा भएको जनजनको क्षतिको लागि राहत सङ्कलन, अस्थायी बसोबासका कार्यहरू भइरहेको छ । गाउँपालिकाको मिति २०८१÷०५÷१० गते, पालिका स्तरीय विपद् व्यवस्थापन मितिको बैठक र जिल्ला विपद् व्यवस्थापन समिति समेतको निर्णय अनुसार राहत वितरण कार्य गाउँ पालिकाको एकद्वारा प्रणाली मार्फत वितरण गर्ने भन्ने निर्णय भएको ब्यहोरा सर्बबिधितै छ । यसै अवस्थामा नेकपा एमालेले निर्णय विपरीत आफ्नो खुसीले राहत वितरण गरेको भन्ने सुनिन आएकोले गाउँपालिकाको ध्यान आकर्षण भएको छ । यस विषम परिस्थितिमा राहत वितरण कार्यलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न सबै सङ्घ संस्था, नागरिक समाज, राजनैतिक दल, व्यक्ति तथा समुदायलाई गाउँपालिकाको निर्णय अनुसार राहत वितरण कार्यलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ”।

तर नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरीयाले आफूले जिल्ला विपद् व्यवस्थापन समितिले गरेकै निर्णयलाई टेकेर दोरम्बा पुगेर राहत वितरण गरेको बताएका छन् । कडरीयाले भने “ जिल्ला विपद् व्यवस्थापन समितिले ४ नं. बुँदामा प्रस्ट लेखेको छ की गाउँपालिका मार्फत वा रोहवरमा राहत वितरण गर्नु । एमाले रामेछापले गाउँपालिकाले गरेको निर्णय मान्नु पर्ने हो र ? एमाले रामेछाप गाउँपालिकाको मातहतको कुनै निकाय होइन, नेकपा एमालेलाई गाउँपालिका के निर्णय गर्छ भन्ने कुराको के सरोकार ?”यता दोरम्बा सैलुङ गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै एमाले रामेछापले आफ्नो मर्जीले राहत वितरण गरेको बताएको छ ।

भाद्र ८ गते शनिबार परेको अबिरल बर्षा संगै आएको पहहिरोमा परि ८ जनाको ज्यान गएको पुष्टि भएका छन् भाने दुइजना अझै बेपत्ता रहेका छन् । उनिहरुको खोजि कार्य जारी छ । पहिरोमा परी ३ घर वगाँउनका साथै १ घर पुरीदा हराइरहेका १० जना मध्ये मंगलवार सम्म ८ जनाको सनाखत भैसकेका जिल्ला प्रहरी कार्यालय रामेछाप जानकारी दिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...