विनोदको शतकको मद्दतमा आर्मी विजयी

Written by meropradesh creator

२ माघ २०७७, शुक्रबार

काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेपछि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको गण्डकी प्रदेश विरुद्धको खेलमा भण्डारीले अविजित १ सय ११ रनको पारी खेलेपछि आर्मी ९८ रनले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनाएको थियो । आर्मीका लागि भण्डारीले ७३ बल खेल्दै चार छक्का र नौ चौका प्रहार गरेका थिए ।
यस्तै राजु रिजालले ४५, लोकेश बमले ४२ र राजेश पुलामीले ३८ रन बनाएका थिए । बलिङतर्फ गण्डकी प्रदेशका लागि कप्तान विपिन खत्री र विशाल पौडेलले दुई दुई विकेट लिएका थिए । आर्मीले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले ४८ ओभरमा सबै विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सकेको थियो । गण्डकीका लागि समिर कँडेलले ५०, कप्तान विपिन खत्रीले अविजित ३७, अर्जुन कुमालले ३६ तथा दीपक डुम्रेले २६ रन बनाएका थिए ।
बलिङतर्फ आर्मीका लागि राजेश पुलामीले ५ विकेट लिएका थिए । उनले ९ ओभरमा एक मेडन राख्दै २५ रन मात्र खर्चिएका थिए । यस्तै भीम सार्कीले तीन तथा आकाश चन्द र रोहित पौडेलले एक एक विकेट लिएका थिए । शतक प्रहार गरेका आर्मीका भण्डारी म्यान अफ दी म्याच घोषित भएका छन ।
शनिबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र प्रदेश नम्बर १ बीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहेको छ ।
सहभागी १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

दुवै समूहको शीर्ष दुई स्थान बनाउने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । फाइनल खेल माघ १७ गते त्रिवि खेल मैदानमा हुनेछ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता भइरहेको छ । यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

“ग्ल्यामर र घाम–दुवैमा चम्किने” चाहना प्रधान: मिस ग्रान्ड नेपाल २०२५ की बलियो दावेदार

“ग्ल्यामर र घाम–दुवैमा चम्किने” चाहना प्रधान: मिस ग्रान्ड नेपाल २०२५ की बलियो दावेदार

रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ की चाहना प्रधान मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली उपस्थिति जनाउँदै, विजेताको पहिलो दावेदारको रूपमा अगाडि बढिरहेकी छन्। आत्मविश्वास, सशक्त अभिव्यक्ति, सौन्दर्य र प्रतिभाको संगमले उनले प्रारम्भिक चरणबाटै निर्णायकहरूको ध्यान तानेकी...

खाँडादेवी मन्दिरको व्यवस्थापनमा कडाइ, विकास कोषको तेस्रो बैठकले गर्‍यो महत्त्वपूर्ण निर्णयहरू

खाँडादेवी मन्दिरको व्यवस्थापनमा कडाइ, विकास कोषको तेस्रो बैठकले गर्‍यो महत्त्वपूर्ण निर्णयहरू

रामेछाप— ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने खाँडादेवी मन्दिरको संरक्षण र व्यवस्थापनमा थप कडाइ गरिने भएको छ। खाँडादेवी विकास कोषको तेस्रो बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै मन्दिर क्षेत्रलाई व्यवस्थित र अनुशासित बनाउने तयारी अघि बढाएको हो। कोषका...

समाचारकै कारण पत्रकार पाठकलाई पक्राउ गर्न प्रहरी घरमै पुग्यो, प्रेस काउन्सिल र महासंघसँग सहयोगको याचना

समाचारकै कारण पत्रकार पाठकलाई पक्राउ गर्न प्रहरी घरमै पुग्यो, प्रेस काउन्सिल र महासंघसँग सहयोगको याचना

काठमाडौं — पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न साइबर ब्युरोको प्रहरी टोली बुधबार दिउँसो उहाँको धुम्बाराहीस्थित निवासमा पुगेको छ। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी टोली उहाँलाई पक्राउ गर्न घरमै गएको हो ।तर मोबाइल फोन बन्द गरेर घरमै बसेका पाठकलाई...