विनाशकारी भूकम्पको ६ वर्षमा रामेछाप

Written by meropradesh creator

१२ बैशाख २०७८, आईतवार

रामेछाप ः रामेछाप मात्र हैन नेपाल र नेपालीहरूका लागि निकै दुःखद दिनका रुपमा रहेको २०७२ सालमा गएको भूकम्पको आज ६ बर्ष पुरा भएको छ । विसं २०७२ वैशाख १२ गतेको आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको ६ वर्ष पूरा भएको हो ।
मध्याह्न ११ बजेर ५६ मिनेट जादा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण रामेछापमा पनी निजी तथा सरकारी गरी हजारौ आवास भत्केका थिए ।
२०७२ साल वैशाख १२, १३ र २९ गते गएको भूकम्पबाट रामेछाप जिल्लामा ५० हजार १ सय १६ निजि आवासमा क्षति पुगेको थियो । जस मध्य ४८ हजार ८ सय ९ जनाले आवास निर्माणकोलागी सम्झौता गरेका थिए भने १ हजार ३ सय ७ जनाले निजी आवास निर्माणका लागी सम्झौतानै गरेका थिएन । सम्झौता गरेका मध्य ९६ प्रतिशतले प्रथम किस्ता बुझिसकेका छन भने ९४.७७ प्रतिसतले दोस्रो किस्ता बुझेका छन् भने ८८ प्रतिसतले निर्माण सम्पन्न गरी तेस्रो किस्ता बुझेका छन ।
त्यसतै गरी जिल्लामा रहेका १६ वटा सरकारी तथा सार्वजनीक भवन मध्य ६ वटा कार्यालयका ९ वटा भवनहरु निर्माण सम्पन्न भइसकेको छ भने १० वटा भवनहरुको मर्मत कार्य सम्पन्न भइसकेको छ । भुकम्पबाट जिल्लामा रहेका सरकारी तथा सामुदायिक बिद्यालय मध्य ३ सय ८९ वटा बिद्यालमा क्षेति पुगेको थियो जस मध्य ३ सय ४१ वटा बिद्यालयको निर्माण कार्य सम्पन्न भइसकेको छ भने ४८ वटा बिद्यालयहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।
रामेछापमा रहेका ३४ वटा स्वास्थ्य चौकी मध्य २ वटा स्वास्थ्य चौकीको निर्माण कार्य सम्पन्न भइसकेको छ भने ३ वटा स्वास्थ्य चौकीको निर्माण कार्य जारी रहेको छ भने अन्य १९ वटा स्वास्थ्य चौकीको बोलपत्र भएर प्रबबिधीक मुल्याङकन भइरहेको पुनः निर्माण प्रधिकरणले जनाएको छ ।
भुकम्प बाट रामेछापमा क्षति पुगेको ८१ वटा गुम्बा मध्य पुर्ण निर्माण गर्नुपर्ने ४६ वटा र मर्मत गर्नुपर्ने ३५ वटा गुम्बा रहेको थियो । मर्मत गर्नुपर्ने ३५ वटा गुम्बा मध्य २९ वटा गुम्वा मर्मतको काम सम्पन्न भएको छ भने ४६ वटा गुम्बा मध्य ३ वटा गुम्बा निर्माणको कार्य जारी रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...