रामेछाप । नेकपा एमाले रामेछापका नेता तथा वागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बिकास निर्माणको काममा समन्वय र सहकार्यको खाँचो रहेको बताएका छन् । खाँडादेवी प्रगतिशिल युवा समाजले प्रायागेश्वर माविमा आयोजना गरेको दशै तिहारको शुभकामना आदान प्रर्दान तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढुंगेलले बिकास निर्माणको क्रममा सबै जना एक जुट भएर लाग्नु पर्ने बताए । विकास निर्माणको क्रममा राजनीतीक दल भन्दा माथी उठेर समन्वय र सहकार्य गर्नु पर्ने बताएका छन् । आफू मन्त्री हुँदा रामेछाप जिल्लाको विकासमा निर्माणमा सक्दो प्रयास गरेको बताउदै सरकारले त्यो समयमा गरेको लगानीको अहिले धमाधम परिणाम देखा पर्न थालेको समेत बताए ।
समाजका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका नेता माधव ढुंगेल, बागमती प्रदेशका योजना आयोगका सदस्य ज्ञान कुमार श्रेष्ठ, नेपाली कांग्रेस रामेछापका केन्द्रीय महाधिवेशन प्रतिनिधि रत्नहरि ढुंगेल लगायतको सहभागीता रहेको थियो ।