विद्यार्थीलाई शिक्षा र अभिभावकलाई रोजगारी दिदै बिद्यालय

Written by meropradesh creator

७ चैत्र २०७७, शनिबार

रामेछाप । खाडाँदेबी गाउँपालिका वडा नम्बर ३ भिरपानीमा रहेको जखनी स्थान आधारभुत विद्यालयले विद्यार्थीको विद्यालयमा निरन्तरताका लागी र अभिभावको विद्यालयसंगको आवद्धता जोड्नको लागि नयाँ पनको शुरु गरेको छ । बिद्यालयले विद्यार्थीहरु नआउने, आए पनि बिचैमा विद्यालय छाड्ने भएपछि विद्यालयले नयाँ विधिको प्रयोग गरेको हो । आदिवासी माझी समुदायका विद्यार्थीहरुले पढ्ने जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीको एक विद्यालयले विद्यार्थीको निरन्तरता र अभिभावको संलग्नताको लागि भाडामा जग्गा लिएर विद्यार्थीलाई शिक्षा र अभिभावकलाई रोजगारी प्रदान गरिरहेको छ ।
सिमान्कृत माझी समुदायको मात्र बसोबास रहेको रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानी सित्खाको माझी बस्तीबाट अहिलेसम्म एकजनाले पनि एसएलसी पास गरेका छैनन् । यसैलाई ध्यानमा राखि जखनी स्थान आधारभुत विद्यालयले विद्यार्थीको विद्यालयमा निरन्तरता र अभिभावको विद्यालयसंगको आवद्धता जोड्नको लागि नयाँ प्रयोग सुरु गरेको हो । विद्यालय आसपासको २२ रोपनी भन्दाबढी जग्गा विद्यालयले भाडामा लिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा विद्यालयले सो जग्गा भाडामा लिएको हो । सो जग्गामा वडा कार्यालयकै सहयोगमा माछा पोखरी निर्माण गरिएको छ ।
साथै वाँकी जग्गामा तरकारी खेती, धान गहुँ लगायतको खेति समेत सो विद्यालयमा छोराछोरी पढाउने अभिभावकले लगाउन लागेका छन् । विद्यालयमा पहिला खासै विद्यार्थीहरु नहुने भए पनि यो कार्यक्रम सुरु भए पछि स्थानीय अभिभावकका ६० जनाभन्दा बढी विद्यार्थीहरु नियमित विद्यालय जाने गरेको अभिभावक धर्मबहादुर माझीको भनाई छ । आर्थिक रुपमा विपन्न माझी समुदायका अभिभावकहरुले विद्यालयको जमिनमा खेति लगाए वापत केही अंश विद्यालयलाई दिन्छन् । त्यस्तै माछा पोखरीको उत्पादनको पनि ४० प्रतिशत विद्यालय र ६० प्रतिशत समुदायले लिने गर्दछन् । समुदायले विद्यालयलाई बुझाउने तकारी, अन्न लगायतको उत्पादन सोही विद्यालयमा पढ्ने बाल बालीकाहरुलाई खाना खुवाउन प्रयोग गरिन्छ । अहिले विद्यालयले विद्यार्थीहरुलाई बिहानको खाना र दिउँसोको खाजा विद्यालयमा नै व्यवस्था गरेको छ । यसले गर्दा विद्यार्थीहरु समयमा नै विद्यालय आउने र पुरा समय विद्यालय बसेर पठन पाठन गर्न लागेको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीका वडाअध्यक्ष पुष्कर काकी ले बताए ।
शिक्षा क्षेत्रको सुधारका लागि खाँडादेवी गाउँपालिकाको एक विद्यालय एक उत्पादन कार्यक्रम अन्तरगत विद्यालयहरुले माछा तथा तरकारी र अन्य खेति सुरु गरेका छन् । यसले शिक्षामा गुणस्तरीयता बढ्नुका साथै विद्यालयको आम्दानीको श्रोत बढ्ने तथा विद्यार्थीहरु समेतको संलग्नतामा यस्तो काम गर्दा कृषि पेसा प्रति विद्यार्थीहरुको समेन सम्मान बढ्ने गाउँपालिकाको बिश्वास छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन, नत्र कारबाही हुने

इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन, नत्र कारबाही हुने

जिल्ला प्रशासन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण बनाउन इजाजतपत्र प्राप्त सबै प्रकारका हातहतियार बुझाउन निर्देशन दिएको छ।प्रशासनका अनुसार जिल्लाभित्र दर्ता भएका हातहतियार तथा गोलीगठ्ठा माघ २० गतेभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी...

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

रामेछाप – नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रामेछाप जिल्लाबाट रामचन्द्र खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार लामो समय संगठनात्मक नेतृत्वमा सक्रिय खड्कालाई जिम्मेवारी दिइएको हो ।...

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न नसक्दा पार्टीका तर्फबाट उम्मेदवारहरू औपचारिक रूपमा सार्वजनिक हुन सकेका छैनन्। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केही निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगिए पनि संसदीय...