विद्यालयको तह घटाउने निर्णय उच्च अदालत बाट बदर

Written by meropradesh creator

२८ असार २०८०, बिहीबार

रामेछाप  । सुनापती गाउँपालिकाले विद्यालयको तह घटाउने निर्णय बदर गर्ने निर्णय सुनाएको छ । उच्च अदालत पाटनले अभिभावक र विद्यार्थीको चाहना विपरीत गाउँपालिकाकाले विद्यालयको तह घटाउने निर्णय गरेको भन्दै उक्त निर्णय तत्कालको लागि बदर गर्ने फैसला सुनाएको हो .
सुनापति गाउँपालिकाले अभिभावक र विद्यार्थीको चाहना विपरीत विद्यालयको तह घटाउने निर्णय गरेको भन्दै अभिभावकहरू द्वारा अदालतमा उजुरी परेको परेको थियो । सोही उजुरीका आधारमा उच्च अदालतले असार २५ गतेको मितिमा तत्कालको लागि उक्त निर्णय बदर गर्ने फैसला सुनाएको हो  । कार्यपालिकाको बैठकले यस अघि वडा नम्बर २ मा रहेको मावि मन्दरको कक्षा घटाउने निर्णय गरेको थियो । उक्त निर्णयमा अदतलालले तत्काल कार्यान्वयन  नगर्नु नगराउनु भनी गाउँपालिकाको शिक्षा शाखाका नाममा आदेश दिएको छ  ।
पालिकाको उक्त निर्णय प्रति विद्यालय व्यवस्थापन समिति, विद्यालय र अभिभावकले समेत असहमति जनाएका थिए । पालिकाको बैठकले असहमतिको समेत बेवास्ता गर्दे शिक्षा शाखाका संयोजक कमल बहादुर बमको सिफारिसमा विद्यालयको तह घटुवा गर्ने निर्णय भएको थियो । आम असहमतिका बाबजुद पनि  गाउँपालिकाले उक्त निर्णय सच्याउन तयार नभएपछि निर्णय बदर गरी पाउँ भनी अभिभावकहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
 स्थानीय अभिभावक ज्ञान कुमार योञ्जनले वडाध्यक्ष पदम बहादुर थापा समेतलाई विपक्षी बनाई उच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटको सुनुवाइ गर्दे  न्यायाधीश महेश शर्मा पौडेल र दीपेन्द्र अधिकारीको इजलासर्ले विद्यालयबाट प्राप्त हाजिर पुस्तिकाबाट विद्यालयमा कक्षा ९ र १० मा विद्यार्थीहरू उपस्थित रहेको देखिएका आधारमा  फैसला सुनाइएको अदालतले जनाएको छ  ।
अदालत द्वारा जारी अन्तरिम आदेशमा भनिएको छ – त्यस बाहेक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि अन्य विद्यालयमा पठनपाठनको वैकल्पिक व्यवस्थापन पनि भएको भन्ने देखिन नआएको हुँदा गाउँ शिक्षा समितिको मिति २०८०।०१।१३ को निर्णयले मावि मन्दर मेल चौरलाई तह घटाउने निर्णय कार्यान्वयन नगर्न पनि आदेशमा भनिएको छ । उक्त निर्णय  कार्यान्वयन गर्दा विद्यार्थीको पढ्न पाउने  अधिकारमा आघात पुग्ने देखिएकोले  सुविधा सन्तुलनको सिद्धान्तका आधारमा अन्तिम टुङ्गो नलाग्दासम्म विद्यालयको तह घटाउने निर्णय कार्यान्वयन नगर्न नगराउनका लागि पनि गाउँपालिकालाई आदेश दिएको छ ।
यस बारेमा पालिकाका प्रवक्ता समेत रहेका वडा नं २ का वडा अध्यक्ष पदम बहादुर थापा सँग सम्पर्क गर्दा उनले सम्मानित अदालतको आदेशको सम्मान गर्नु पर्ने भन्दै अदालतले गरेको आदेशको विषयले पालिकाको ध्यानाकर्षण भएकोले गाउँ कार्यपालिका र शिक्षा शाखाको बैठक बसेपछि मात्र बाँकी कुरा बताउन सकिने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...