विधिको शासनमा ओलीको तगारो

Written by meropradesh creator

२६ माघ २०७७, सोमबार

यो बर्ष हिउंदे बर्षा भएको छैन । आकाश कालो देखिएको छैन् । सफा छ । तर नेपाली राजनीति भने सफा छैन । कालो बादलमा जकडिएको छ । प्रतिनिधी सभाको विघटन पश्चातका ४८ दिन नेकपा भित्रका दुई गुटका नेताहरु आफुलाई सत्य सावित गराउन अर्काे पक्षलाई गाली गर्दैमा दिन वितारहेका छन् । अझ कति दिन यस्तै गालीगलौजमा उनिहरुका दिन वित्ने हुन ? कुनै टुंगो छैन् ।
सर्वसाधारण नागरिकले राजनीतिक गतिरोधको अन्त्यका लागि निकाशको सपना देखेका बेला उच्च राजनितीज्ञहरु दिन प्रतिदिन अझ टाढिदा छन् । एकले अर्कोलाई तल्लो स्तरको आरोप लगाउनका लागि केन्द्रीत नेकपाका उच्च नेताले देशलाई अनिश्चयको सुरुङ तिरै धकेलिरहेका छन् । राजनीतिको कालोबादलमा चांदिको घेरा देखिएको छैन । नेताहरुको अहंकारी व्यवहारले तत्काल देखिने छाँट पनि छैन् ।
आजको अवस्था आउनुमा प्रधानमन्त्री केपी ओली केन्द्रविन्दुमा छन् । प्रधानामन्त्री ओलीले पुस ५ मा अनायास संसद भंग गरिदिए । नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा २ बमोजिम दुईवटा दललाई प्राप्त (संयुक्त) बहुमत सिटको आधारमा निर्वाचित प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने वा नपाउने भन्ने विषय अहिले अदालतमा विचाराधिन अवस्थामा छ । संविधानको धारा ७६ को उपधारा ५ उल्लेख गरेर प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारीस गरेका थिए । तर ओली उक्त धारा अन्तरगत वनेका प्रधानमन्त्री थिएनन् । होईनन् । धारा ५ मा निर्वाचित प्रधानमन्त्री नहुदाँ नहुदै पनि ओलीको बल मिच्चाईलाई राष्ट्रपतिले सदर गरीदिएपछि उनि पनि विवादमुक्त रहन सकिनन् । नेपालको राजनीतिक इतिहासमा यस भन्दा अघि भएका प्रतिनिधि सभाको विघटनका घटनाबाट तर्सिएर संविधानसभाले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएरै संविधान जारी गरेको थियो । धारा ७६ को १ देखि ४ बमोजिम बन्ने प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने प्रावधान छैन । सो धाराको उपधारा ५ अनुसार नियुक्त हुने प्रधानमन्त्रीले ३० दिन भित्र संसदबाट विश्वासको मत प्राप्त गर्न सकेन भने मात्र संसद विघटन गरी ६ महिनामा निर्वाचन गराउन पाउछ । संविधानको उक्त धारामा यो भन्दा बढी कुरा लेखिएको छैन् । भेटिदैन ।
संसद विघटन गर्नुपर्ने अवस्था थियो या थिएन ? प्रधानमन्त्रीले पद छोड्नु पर्ने अवस्था आउदा संसद विघटनै हुनु पर्ने कि, नपर्ने ? भन्ने विषय आजको परिवेशमा चर्चा हुनु सान्दर्भिक हुनेछ । संवैधानिक व्यवस्थाको कुरा अदालतले व्याख्या गर्ला । तर समसामयिक राजनितिक कुरा गर्दा केपी शर्माले नेतृत्व गरेको पार्टी नेकपाको प्रतिनिधि सभामा स्पष्ट बहुमत थियो । करिव दुई तिहाई बहुमतको नजिकका प्रधानमन्त्रीले आफ्नो पार्टीलाई मिलाएर लगेको भए संविधान बमोजिम ५ बर्ष प्रधानमन्त्री चलाउनका लागि उनलाई कसैले छेक्न सक्दैनथ्यो । तर उनले आफ्नो दल मिलाउन सकेनन् । दुईटा दल मिलेर निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याएका ओलीले निर्वाचनमा कसरी बहुमत आयो भन्ने कुरा विर्से, । अहिले र भोली आउने अझ अप्ठेरा दिनको आंकलन गरेनन् । उनले सर्वैसर्वा आफैं मात्र नेकपाको एकाधिकारवाला ठानें । पार्टी भित्र भाग र अधिकार खोज्नेलाई दिएनन् । संसदीय विधि बमोजिम संसदमा प्रश्ताव दर्ता गर्ने अवसर नदिई अरुलाई लल्कारेर संसद नै विघटन गरिदिए ।
संसदमा ओली भन्दा बाहिर उनकै दलमा बहुमतबाट अर्को प्रधानमन्त्री छानिन सक्ने अवस्था थियो । यदि उनको दलमा विग्रहनै भएर कोहि प्रधानमन्त्री हुन नसकेमा संविधान बमोजिम अन्य दलले अरुको विश्वास लिएर प्रधानमन्त्री वन्ने बाटो थियो । तर ति सवै विधि र बाटोलाई उनले तगारो लगाइदिए । संसदीय अभ्यासमा वहालवाला प्रधानमन्त्रीलाई अविश्वासको प्रश्ताव ल्याउन सक्ने बाटो हुन्छ । ओलीलाई त्यहि प्रश्ताव दर्ता होला कि भन्ने पिरलो भयो । अविश्वास प्रश्ताव दर्ता हुदैमा ओलीले पद गईहाल्छ भन्ने थिएन् । उनले संसदबाट विश्वासको पाउन पनि सक्थे । अविश्वासको प्रश्तावमा मतदान हुने दिन सम्म आफ्नो पार्टीका सांसदहरुलाई मिलाउन सक्थे । अरु दलको मत समर्थनमा ल्याउन पनि सक्थे । त्यो क्षमता उनले राख्न सक्नु पर्दथ्यो । तर राखेनन् । संसदले अविश्वासकै प्रश्ताव पारित गरीहालेमा पनि उनी संसदमै रहन सक्थे । त्यसो हुदाँ संसद जिउदै हुन्थ्यो । विधिमा तगारो लाग्दैनथ्यो । त्यसभन्दा अघीनै उनले राजीनामा गरेर अरुलाई अवसर दिन पनि सक्थे । जुन कुरा २०५६ को निर्वाचनमा बहुमत पाएर पनि स्व. कृष्णप्रसाद भट्टराईले गरेका थिए । ति दुवै विकल्प लत्याउदा अहिले सडकमा नारा दिएको जस्तो साच्चै राष्ट्रनायक वन्ने अवसर ओलीले चुकाए । खेलको नियम मान्दै नमान्ने मुर्ख खेलाडिकै हाराहारीमा उनी दर्ज भए । राष्ट्रनायक हुने कुरा त परै जावस । अहिले उनको भारदारहरुको सिमित घेराले उनलाई जे सुकै भनोस त्यसमा त्यति धेरै दम छैन् ।
आफुलाई प्रधानमन्त्री चलाउनका लागि पार्टी भित्रैबाट अबरोध र बाधा व्यवधान भएको जतिपनि कुरा ओली अहिले गरिरहेका छन् ? ति सवै फिक्का हुन पुगेका छन् । उनले पेश गरेका जतिपनि कारण छन् ति सामान्य भन्दा अति सामान्य पक्ष हुन । आफ्नो दलका नेताहरुलाई राजनीतिक भागवण्डा मिलाउने, मन्त्रीहरु मिलाएर राख्ने, राजदुत र संवैधानिक नियुक्तीमा आफ्ना आसेपासे बाहेक अरुलाई पनि संम्मानजनक ढंगले समेटेने उनैको काम हो । यदि आफ्ना इतर विचार राख्ने लाई सम्मानजन हिस्सा दिएको भए उनका लागि पार्टी भित्रै हाई हाईको अवस्था आउथ्यो । भन्नलाई मेरा कोहि छैनन् भन्ने तर आसेपासे बाहेक पार्टीका अरुलाई भित्तैमा लगेर ठेल्ने उनको अहंकारी, पेलाहा र तानाशाहि व्यवहारले पार्टी, कार्यकर्ता मात्र हैन् देशनै अन्धकार तिर होमियो ।
पार्टी भित्रका समान हैसियतका सदस्यलाई पाखा लगाएर छोरा भनाउदालाई सम्मान र अवसर दिन थालेपछि आफ्ना विरुद्ध असन्तुष्टि चुलिएको हो भन्ने कुरा ओलीले बेलैमा बुझ्नु पर्दथ्यो । सवै त्यहि अवसरका लागि राजनीति गरेका हुन भन्ने कुरा मात्र वुझीदिएको भए यो अवस्था पक्कै पनि आउदैनथ्यो । त्यसो गर्दा उनले काँग्रेस र अन्यलाई रिजाई रहनु पर्दैनथ्यो ।
त्यसैपनि ओली साविकको एमालेका मात्र नेता थिएनन् । एमालेमा पनि उनले माधव र झलनाथलाई आफ्नो नजिकको वनाउन सकेनन् । त्यसमाथि माओवादी समाहित गरेर वनाएको पार्टी मिलाउन उनका लागि फलामको च्यूरा सरह थियो । तर उनले ति सवै कुरा गौण ठाने । पार्टी एकता प्रकृया तल्लो तहमा पुगिनसक्दै दुई अध्यक्ष विचमा देखापरेको दरार मिलाउन उनले सकेनन् । कार्यकारीको पगरी प्रचण्डलाई दिएपनि पार्टीको सर्वैसर्वा आफुनै भएको अभिव्यक्ति दिन छोडेनन् । प्रचण्डको कार्यकारी पद ललीपप जस्तै वनाईदिए । उनि भन्दा फरक विचार राख्नेलाई मान्छेनै गनेनन् । बहुमतिय पद्धति अंगिकार गरी प्रधानमन्त्री चुनिएका ओलीले पार्टी भित्रको बहुमतलाई लत्याईदिए । बहुमत मान्दिन भन्ने प्रधानमन्त्रीले आफुले विधि कुल्चिएको चालै पाएनन् । विधि कुल्चिने मान्छे हिजो लोकतान्त्रीक चरित्रको थियो होला, कुल्चेको दिन देखि उहि अवस्थामा रहदैन ् ।
संसद विघटन पूर्वनै प्रधानमन्त्री ओलीको स्वच्छाचारिता आकासिएको थियो । सानो आकारमा संसदमा रहेका काँग्रेसले प्रधानमन्त्रीको सर्वसत्तावादको विरोध गरेपनि उनका पार्टीका नेता ओलीको कदमलाई काँध हालेर वसे । त्यतिवेला ओलीको काममा तारिफ गर्न र काँग्रेसलाई प्रतिकार जवाफ फर्काउनका उनिहरुले समय खर्चे । ओलीको प्रधानमन्त्रीत्वकाल भन्दा अगाडि अन्य मातहतमा रहेका सरकारी संरचनाहरु आफ्नो मातहतमा लगेर ओलीले सर्वसत्तावादको संकेत गरीसकेका थिए । सम्पत्ति शुद्धिकरण, राष्ट्रिय सतकर्ता केन्द्र जस्ता निकायलाई उनले आफु मातहत राखे ।
घुम्ने मेच माथिको अन्धो मान्छे भनेझै अहिले प्रधानमन्त्री एकांकी भएका छन् । सरकारी ओहोदामा वस्दा यस्तै हुन्छ । ओलीलाई मात्र के दोष ! हिजोको दिनमा पञ्चायतका प्रधानमन्त्री पनि अरुलाई मुठिभरकै तत्व भन्दै हिड्थे । ओलीले अहिले त्यहि शव्द बारम्बार भन्दै छन् – तत्वहरु । झण्डै १ लाख सैनिक लिएर वसेको राजालाई केपी ओलीको भन्दा बढीनै घमण्ड थियो होला । त्यति लामो एकतन्त्रिय व्यवस्थामा जुन स्वभाविकै हो । तर ति आन्दोलनको अघी उखेलिए । नासिए । सडकमा अहिले देखा परेको आन्दोलनको राँको सल्कदै जाँदा ओली सृुरक्षित रहलान भन्न सकिदैन् । समय लाग्छ, तर अहंकारी सधैं रहदैनन् ।
ओलीले आउदो २०७८ साल वैशाख १७ र २७ गते निर्वाचन गराउने घोषणा गरेका छन् । नयाँ जनमत लिने कुरा ओलीले जति सजिलो गरी देखेका छन्् त्यो कुरो उनले भनेजस्तो सजिलो छैन् । निर्वाचन कुनै प्रधानमन्त्रीको लहडको भरमा हुने कुरा हैन । यो त विधिमा किटान गरीएको हुन्छ । विधि नाघेर गर्ने निर्वाचन तत्कालिन राजा ज्ञानेन्द्रले गराएको नगरपालिकाको निर्वाचन जस्तै हुन्छ । जुन निर्वाचनलाई ओली आफैले वहिष्कार गरेका थिए ।
निर्वाचनको कुरा हुनलाई संसदको स्वभाविक बहिर्गमन हुनुपर्छ । या संविधान बमोजिम धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेको अवस्थामा नयाँ निर्वाचन हुनसक्छ । निर्वाचन हुने अवस्थामा पनि त्यसका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरु तयार हुनुपर्छ नै । अहिले घोषणा भएको निर्वाचनका लागि ओली बाहेक अरु कुनै दल या नेता तयार भएका छैनन् । सवैको माग असम्बैधानिक तवरले भएको संसदको पुनस्र्थापना हुनुपर्छ भन्नेनै रहेको छ ।
पछिल्ला ४८ दिन नेकपाका दुई खेमा एकले अर्कोलाई सिध्याउनका लागि सडकमा पोखिएका छन् । काँग्रेस र अन्य साना दल अझै अलमलमा छन् । संसद विघटन असम्बैधानिक भएको सवैको ठहर रहेपनि त्यसका विरुद्ध घनिभुत संयुक्त आन्दोलनको तयारी गरीररहेका छैनन् । काँग्रेस अदालतको निर्णयको प्रतिक्षामा छ । अदालतमा प्रवेश पाएको संवैधानिक विषयमा कसैले हस्तक्षेप गर्न मिल्दैन । तर राजनीतिक कुरा सडकमा उचाल्न काँग्रेसले अदालतको निर्णय पर्खिरहनु पर्दैन । विगतमा काँग्रेसकै अगुवाईमा मुलुकमा भएमा आन्दोलनले सफलता पाएका छन् । यो पटक पनि काँग्रेसले अगुवाई नगरेको सडकको झल्याकझुलुकले ओली तह लाग्दैनन् । उनले आफ्ना पार्टीबाट अलग धारको आन्दोलनलाई हावादारी भनेर उडाईरहेका छन् ।
अहिलेको सवाल संसद पुनस्र्थापना हुने या नहुने मात्र कुरा हैन, विधि स्थापित हुने या नहुने कुरा हो । निरकुंश कदमलाई सहि ठाउँमा ल्याउने कुरा हो । हिजोको दिनमा व्यवस्थाका लागि आन्दोलन हुन्थ्यो । अव विधिका लागि आन्दोलन हुनुपर्ने दिन आएको छ । विधि एकातिर व्यवहार अर्कोतिर स्वीकार्ने कुरा हुनुहुदैन । लोकतान्त्रीक व्यवस्था भन्दै हिड्ने अनि चरित्र अलोकतान्त्रिक र निरकुंश शैलीको हुने कुरा अहिलेको व्यवस्था अनुकुल हुन सक्दैन् ।
अदालतले संसद पुनस्र्थापना गरीदिएको खण्डमा ओलीको अभिष्ट समाप्त हुनेछ । ओलीमा त्यो बेला सम्म रानजीतिक चरित्र थोरै बाँकी रह्यो भने उनले राजीनामा दिएर नयाँ प्रधानमन्त्री चुन्नका लागि बाटो प्रसस्त पारीदिन सक्छन् । यदि संसद पुनस्र्थापना भएन भने राजनीति उनले सोचे जस्तो सरल र सहज पक्कैपनि नहुन सक्छ । अहिलेको अवस्थालाई विश्लेषण गर्दा द्वन्दबाट लामो अवधि गुज्रेको नेपाल फेरी त्यहि बाटोमा फर्कन नसक्ला भन्न सकिदैन । त्यसका केहि बाछिटाहरु सडकमा देखापरीसकेका छन् । आगजनि, वन्द, हड्ताल, तोडफोड, कुटाकुट र छिनाझप्टीको दृष्य दैनिकी भएको छ । हिजोको काहालिलाग्दो दिन यसैगरी आएको थियो । त्यो दिन भोग्नु र देख्नु कसैले नपरोस । सबैलाई चेतना भया ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बीपी राजमार्ग अझै अवरुद्ध, दिउँसोसम्म खुल्ने लक्ष्य

बीपी राजमार्ग अझै अवरुद्ध, दिउँसोसम्म खुल्ने लक्ष्य

शनिबारदेखि परेको अविरल वर्षा र रोशी खोलाको बाढीले बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्ड सोमबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन। डिभिजन सडक कार्यालय भक्तपुरले आइतबार साँझसम्म सडक खुलाउने प्रयास गरे पनि पुनः वर्षा भएपछि डाइभर्सन निर्माणमा अवरोध पुगेको हो। विशेषगरी...

नेपालको राजनीति लाई स्वस्थ र तन्दुरुस्त राख्न ७० बर्षमा राजनीतिक अबकास अनिवार्य

नेपालको राजनीति लाई स्वस्थ र तन्दुरुस्त राख्न ७० बर्षमा राजनीतिक अबकास अनिवार्य

- किरण गिरी हामीले -३० बर्ष देखि एउटै अनुहार , एउटै पात्र र एउटै प्रवृत्ति को अर्ती ,उपदेश सुन्दै आयौं र आदेश मान्दै आयौं । उनीहरुले भने - यो संबिधानमा हामिले अबलम्बन गरेको निर्वाचन प्रणाली अनुसार कसैको पनि बहुमत आउन सक्दैन - २१ फाल्गुनको चुनावमा आयो त ।उनीहरुले फेरि...

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

मन्थली- कार्यालय रामेछापले चालु आवमा सञ्चालित स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम र सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएको छ ।‌ मन्थलीस्थित आइतबार आयोजित ‘पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममार्फत कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा उपलब्धि...