नेपालको राजनीति लाई स्वस्थ र तन्दुरुस्त राख्न ७० बर्षमा राजनीतिक अबकास अनिवार्य

१३ बैशाख २०८३, आईतवार


– किरण गिरी
हामीले -३० बर्ष देखि एउटै अनुहार , एउटै पात्र र एउटै प्रवृत्ति को अर्ती ,उपदेश सुन्दै आयौं र आदेश मान्दै आयौं । उनीहरुले भने – यो संबिधानमा हामिले अबलम्बन गरेको निर्वाचन प्रणाली अनुसार कसैको पनि बहुमत आउन सक्दैन – २१ फाल्गुनको चुनावमा आयो त ।
उनीहरुले फेरि भने – गठबन्धन नगरी चुनाव नै जितिदैन -२१ फाल्गुनमा जितियो त ।
उनीहरु फेरि भन्दै थिए – राजनीति गर्न अनुभवी र परिपक्व हुनुपर्छ नयाँ बाट चल्न सक्दैन , २१ फाल्गुन पछी चल्यो त ।
यसले के प्रमाणित गर्छ भने हिजो उनीहरुको त्याग , तपस्या र योगदान यो मुलुक , आन्दोलन र परिबर्तन प्रति थियो नै तर अब तपाई – देउवा , ओलि र प्रचण्ड का बिचार , धारणा र दृष्टिकोणहरु असान्दर्भिक भैसकेका छ्न । फेरि ३० बर्ष यो देशको सेवा , सुबिधा र सहुलियत तपाईहरु देउवा , ओलि र प्रचण्ड कै एकछत्र पालैपालो हालिमुहाली (म्युजिककल चियर ) चलेकै हो । अझ अकुत सम्पत्ति र आर्थिक अपराधमा छानबिन हुन त बाकी नै छ , हुने नै छ । त्यसकारण अब परिबर्तन लाई स्वीकार गर्नुहोस आत्मसात गर्नुहोस र राजनीतिबाट विश्राम लिनुस अब राजनीतिमा भुमिका होइन अभिभावक बन्नुहोस ।
नेपाली जनता र भुगोलको यो राजनिति मर्म र भावना बुझेर मैले सबै राजनीतिक दलका ७० बर्ष माथीका नेताहरु लाई आजैबाट राजनीति सन्यास लिएर बाकी सामाजिक जीवन सम्मानित र मर्यादित रुपमा ब्यतित गर्न हार्दिक आग्रह गर्दछु ।
Stop & Step down please .
यही कुरा लाई अध्ययन , मनन र विश्लेषण गरेर नै हामीले बिशेष महाधिवेशन गरेर नेपाली काँग्रेस भित्र नेतृत्व परिबर्तन , पार्टी पुस्तान्तरण र गर्दै अगाडि बढेका हौ । बदलियो काँग्रेस , बदल्छौ देश भनेर हामी फाल्गुन -२१ गते मतदाताको घरदैलो मा पुग्यौं समानुपातिक र प्रत्यक्ष समेत झण्डै १८/२० लाख मतदाताले हामीलाई बिश्वास गर्नु भयो र हामी प्रतिनिधि सभामा -३८ स्थानमा बिजय हासिल गरेका छौं ।
अब काँग्रेस नवीनताका साथ अगाडि बढ्ने छ । नेपाली काँग्रेसको चुनाव चिन्ह रुख को जरा बाट नै पार्टी सुधार र सुदृढ बनाउन हामी – १ बैशाख , २०८३ देखी १६५ निर्वाचन क्षेत्र र ६७४३ वडामा ” जरा अभियान ” लिएर नेपाली काँग्रेसको क्रियाशिल सदस्यता अध्याबधिक र नयाँ बितरण कार्यक्रममा सक्रिय भैरहेको छ ।
काँग्रेस बदलिएर आएको छ , देश बदल्ने संकल्प बोकेको छ ।
नेपाली काँग्रेस जरा अभियान के हो त ?
उत्साह र बिश्वासको नयाँ अभियान -२०८३
१ बैशाख २०८३ मा नेपाली काँग्रेसको ” जरा अभियान प्रारम्भ हुने छ । एक महीना सम्म चल्ने यो अभियान क्रममा एकातर्फ राष्ट्रिय सन्दर्भमा पार्टीको सोच र सन्देश प्रभाह हुने छ भने अर्को तर्फ स्थानीय तहसम्म पार्टी जागरण र रुपान्तरणका क्रममा कृयाशिल सदस्यता अध्यावधिक गर्ने कार्य हुने छ । रुखको ” जरा ” सिंचित गर्न , गोडमेल गर्न र पार्टीमा ताजगी अभिबृध्दी गर्न यो ” जरा अभियान ” ले मद्दत पुर्‍याउने बिश्वास लिइएको छ । नेपाली काँग्रेस फाल्गुन -२१ को निर्वाचन पश्चात मुलुक को प्रमुख प्रतिपक्षी दलको भुमिकामा जिम्मेवार छ । जरा अभियान मार्फत नेपाली काँग्रेस त्यो भुमिका लाई सबल बनाउदै देश , राजनीतिक प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र र पार्टी लाई ध्येयमा समर्पित छ ।
१.- जरा अभियान को उधेश्य –
क – राष्ट्रियताको “जरा ” सबल बनाउनु ।
संसदमा रहेका दलहरू बिच राष्ट्रिय हित , राष्ट्रिय स्वार्थ र समग्र राष्ट्रियताको प्रश्नमा साझा दृष्टि र सहकार्य ।

  • देश बाहिर रहेका नेपालीहरु को सुरक्षा र अधिकारका सन्दर्भमा पार्टीको प्रतिज्ञा पत्र बमोजिम देश भित्रको भावनात्मक जरा सवल बनाउन आबश्यक नितिगत , कानुनी र संरचनागत बिषयमा सम्बाद र सहकार्य ।
    ख – लोकतन्त्रको ” जरा ” सवल बनाउनु ।
  • संसदमा नेपाली काँग्रेसको सहयोगी एबं खबरदारी भुमिका , संबिधान संशोधनको प्रश्नमा लोकतन्त्र सारभुत मुल्य मान्यतामा सम्झौता नगरी संबिधान लाई थप अधिकार सम्पन्न र सुदृढ बनाउन समयोचित दृस्टी , इमान्दार अबधारणाको खोजी एबं परिणाम मुखी सहकार्य ।
    ग – संघीयताको ” जरा ” सबल बनाउनु ।
  • संबिधानको मर्म बमोजिम संघीयताको सबलिकरण गर्न आबश्यक कानुन निर्माणमा सहकार्य । पार्टी सहभागी रहेका प्रदेश सरकारहरु को गतिविधि समिक्षा , आबश्यक हेरफेर र परिमार्जन गर्दै प्रदेश सरकार सञ्चालन र स्थानीय सरकार सञ्चालन प्रभावकारी बनाउन यही अभियानका क्रममा सकारात्मक सन्देश प्रभाह गर्ने ।
    घ – नागरिक बिश्वासको ” जरा ” सवल बनाउन ।
  • समुन्नति को प्रश्नमा दलगत स्वार्थ भन्दा पर समन्यायिक दृष्टि , प्रदेश र स्थानीय तहमा रहेका पार्टीका साथीहरू प्रभावकारिता वृद्धि राज्य , दाल र निजिक्षेत्र बिछ बृहत सहकार्य ।
    ङ – सामाजिक एकताको “जरा ” सबल बनाउनु ।
  • जातीय , बर्गिय , धार्मिक र सांस्कृतिक समुदाय बिच सद्भाव अभिबृध्दीमा भुमिका , जातीय विभेद र सबैखाले बिसंगति नियन्त्रणमा सहकार्य ।
    च – पार्टीको ” जरा ” सबल बनाउनु ।
  • बिमतिका बिषयहरु न्यूनीकरण गर्दै पार्टी भित्र खुल्ला संबाद र सहकार्य ।
  • विभिन्न समयमा बिबिध कारणले पार्टी बाट टाढा भएका साथीहरू लाई ” घर आँगन फर्कन ” आह्वान ।
  • केन्द्र बाट प्रदेश हुदै स्थानीय तहाका समितिहरु बिच बिषयगत तादम्यता सांगठनिक गतिविधिमा वृद्धि ।
  • भातृ र शुभेच्छुक संस्थाहरुको कार्य समिक्षा , आबश्यक निर्णय र जरा तहसम्म सम्बन्धित संस्थाहरुको प्रभावकारिता खोजी ।
    यसबाट नै नेपाली काँग्रेस संगठन मजबुत र दिगो हुने छ । काँग्रेसले नै मुलुकमा संकट समाधान र सबैलाई समेट्ने क्षमता राख्ने छ । संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत बिकास गर्दै नेपाली काँग्रेस ले समुन्नत नेपाली र सम्मानित नेपाली संकल्प पुरा गर्ने छ ।
  • लेखक किरण गिरी नेपाली काँग्रेसका पुर्ब केन्द्रिय सदस्य , एवं “जरा अभियान -२०८३ ” रामेछापका केन्द्रिय प्रतिनिधि हुनुहुन्छ ।
    email – girikiran985@gmail.com

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

रामेछाप  — बीपी राजमार्ग विभिन्न स्थानमा क्षति पुगेपछि अहिले सम्म उक्त क्षेत्रमा यातयात अबरूद् छ । आइतबार साँझसम्म पनि सडक पूर्ण रूपमा खुलाउन समस्या हुने प्रहरीले जनाएको छ। अविरल वर्षा र बाढीका कारण बनेका डाइभर्सन बगाउँदा यातायात सञ्चालन प्रभावित बनेको हो। जिल्ला...

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको विवादास्पद व्यवहार र अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमायाचना गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा उहाँले सामाजिक सञ्जालमा प्रसारित भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेट्दा गलत सन्देश गएको उल्लेख...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...