विधि र प्रक्रियामा एमाले नचलेको भन्दै घिसिङ द्वारा राजीनामा

Written by meropradesh creator

७ आश्विन २०८०, आईतवार

रामेछाप । नेकपा एमाले विधि प्रक्रिया मिचेर अघि बढेको भन्दै एमालेको भातृ संस्था नेपाल खेलकुद महासङ्घ रामेछापका अध्यक्ष तेज राज घिसिङले अध्यक्ष पद बाट राजीनामा दिएका छन् । घिसिङले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल खेलकुद महासङ्घ रामेछापको अध्यक्ष पद बाट राजीनामा दिएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशनका लागी यही भाद्र २५ गते सम्बन्धित पालिका बाट प्रतिनिधि चयन गर्ने क्रममा उम्मेदवारी रहेको तर निर्वाचन प्रक्रिया समेत नगराई सीमित व्यक्तिको मनोमानी ढङ्गबाट आफूलाई समेत जानकारी नगराई विधि प्रक्रिया मिचेर अलोकतान्त्रिक प्रक्रिया बाट प्रदेश प्रतिनिधि चयन गरेको हुँदा आफूले नेपाल खेलकुद महासङ्घ रामेछापको अध्यक्ष पद बाट राजीनामा दिएको छु । अध्यक्ष घिसिङले पार्टीलाई चेतावनी स्वरूप नेपाल खेलकुद महासङ्घ रामेछापको अध्यक्ष पद बाट राजीनामा दिएको बताएका छन् । नेपाल खेलकुद महासङ्घ बाट राजीनामा दिएको भए पनि पार्टीमा भने सक्रियरुपमा लागी पर्ने बताएका छन् ।
नेपाली काँग्रेसबाट एमालेमा प्रवेश गर्दा एमालेको भातृ संस्था नेपाल खेलकुद महासङ्घ रामेछापको अध्यक्षको जिम्मेवारी दिएको र सोही अनुसार आफूले आफ्नो जिम्मेवारी समाल्दै आएको बताए । पालिका बाट बागमती प्रदेश अधिवेशनमा १३ जना प्रतिनिधि चयन गर्ने क्रममा आफूले मनोनयन दर्ता गर्दा समेत एकलौटी पार्टीका केही नेताले निर्णय गरेको कारण नेपाल खेलकुद महासङ्घ रामेछापको अध्यक्ष पद बाट भने राजीनामा दिएको बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोबेल मेडिकल कलेजमा बिरामीको मृत्युपछि आफन्तद्वारा प्रदर्शन: चिकित्सकमाथि लापरबाहीको आरोप

नोबेल मेडिकल कलेजमा बिरामीको मृत्युपछि आफन्तद्वारा प्रदर्शन: चिकित्सकमाथि लापरबाहीको आरोप

नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मोरङ कानेपोखरीका ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ। मृगौलाको पत्थरी निकाल्न वैशाख १७ गते भर्ना भएका भण्डारीको दुरबिन प्रविधिबाट शल्यक्रिया गरिएको थियो। शल्यक्रिया सफल भएको भनिए पनि...

उमाकुण्ड गाउँपालिकामा आज सार्वजनिक बिदा

उमाकुण्ड गाउँपालिकामा आज सार्वजनिक बिदा

रामेछापको उमाकुण्ड गाउँपालिकाले चण्डी स्याँदर पर्वको अवसरमा आज बिहीबार पालिकाभर सार्वजनिक बिदा दिएको छ ।गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले सुनुवार, किराँतलगायत अन्य समुदायले विशेष रूपमा मनाउने यस पर्वको सम्मानस्वरूप स्थानीय बिदा दिने निर्णय गरेको थियो...

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार मुलुकका धेरैजसो भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ। तराईका समथर मैदानदेखि उच्च हिमाली भेगसम्म नै वर्षाको प्रभाव रहने अनुमान गरिएको छ। विशेषगरी भैरहवा, सिमरा, जनकपुर र...