रामेछाप । नेकपा एमाले विधि प्रक्रिया मिचेर अघि बढेको भन्दै एमालेको भातृ संस्था नेपाल खेलकुद महासङ्घ रामेछापका अध्यक्ष तेज राज घिसिङले अध्यक्ष पद बाट राजीनामा दिएका छन् । घिसिङले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल खेलकुद महासङ्घ रामेछापको अध्यक्ष पद बाट राजीनामा दिएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशनका लागी यही भाद्र २५ गते सम्बन्धित पालिका बाट प्रतिनिधि चयन गर्ने क्रममा उम्मेदवारी रहेको तर निर्वाचन प्रक्रिया समेत नगराई सीमित व्यक्तिको मनोमानी ढङ्गबाट आफूलाई समेत जानकारी नगराई विधि प्रक्रिया मिचेर अलोकतान्त्रिक प्रक्रिया बाट प्रदेश प्रतिनिधि चयन गरेको हुँदा आफूले नेपाल खेलकुद महासङ्घ रामेछापको अध्यक्ष पद बाट राजीनामा दिएको छु । अध्यक्ष घिसिङले पार्टीलाई चेतावनी स्वरूप नेपाल खेलकुद महासङ्घ रामेछापको अध्यक्ष पद बाट राजीनामा दिएको बताएका छन् । नेपाल खेलकुद महासङ्घ बाट राजीनामा दिएको भए पनि पार्टीमा भने सक्रियरुपमा लागी पर्ने बताएका छन् ।
नेपाली काँग्रेसबाट एमालेमा प्रवेश गर्दा एमालेको भातृ संस्था नेपाल खेलकुद महासङ्घ रामेछापको अध्यक्षको जिम्मेवारी दिएको र सोही अनुसार आफूले आफ्नो जिम्मेवारी समाल्दै आएको बताए । पालिका बाट बागमती प्रदेश अधिवेशनमा १३ जना प्रतिनिधि चयन गर्ने क्रममा आफूले मनोनयन दर्ता गर्दा समेत एकलौटी पार्टीका केही नेताले निर्णय गरेको कारण नेपाल खेलकुद महासङ्घ रामेछापको अध्यक्ष पद बाट भने राजीनामा दिएको बताए ।