विधि र पद्दती अनुसार काम गर्छौं ः पालिका अध्यक्ष महत

Written by meropradesh creator

१० जेष्ठ २०७९, मंगलवार

रामेछाप । लिखुतामाकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशव महतले विधि र पद्दती अनुसार काम गर्ने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै अध्यक्ष महतले गत कार्यकालमा भएका कामको मुल्याङकन गरिने बताउदै नागरिकलाई महशुस हुने गरी सेवा प्रवाह गर्ने कार्यलाई पहिलो प्राथमिकता दिइने बताएका हुन् छन् ।

नागरिकले पालिकामा सबै दलको प्रतिनिधित्व हुने गरी जनमत दिएको बताउदै महतले सबै राजनीतिक दलहरुसँग सहयोग लिएर नै अगाडि बढने बताएका छन् । पालिकामा अब विकास निर्माणको कामले गति दिने गरी योजना बनाएर काम गर्ने बताएका छन् ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष महतले सबै राजनीतीक दल संघ संस्था,नागरिक अगुवा र नागरिक संग सहकार्य गरेर काम गर्ने बताएका छन् । हिजोको दिनमा भएका कुरा छाडेर अब नयाँढंग बाट पालिका अघि बढाउनु पर्ने भएकोले सबैको सल्लाह आवश्यक रहेको बताएका छन् । सबै राजनितिक दललाई पनी निर्वाचनमा भएका तिता मिठा सबैकुरा छाडेर गाउँपालिकाको बिकासमा एक जुट भएर लाग्नु पर्ने भएकोले सहकार्य गर्न आग्रह गरेका छन् ।

महतले सबै राजनीतीक दललाई चुनाबको समयमा भएका सबैकुरा भुलेर आउन आग्रह गरेका छन् । आफु सबै राजनीतीक दलसंग सहकार्य गर्न चाहेको भन्दै सहकर्यको लागी सबै राजनीतीक दललाई आग्रह गरेको छ । महतले भने अबको ५ बर्षमा हेर्न लाएक लिखुतामाकोशी बनाउने आफ्नो सपना रहेको भन्दै उक्त सपना पुरा गर्न सबैको सल्लाह सुझाब आवश्यक रहेको बताएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...