रामेछाप । मन्थली नगरपालिका वडा नं ८ गाईखुरा स्थित मगंलवार दिउँसो तामाकोशी नदी किनारमा बेबारिसे अबस्थामा एक पुरुषको शव फेला परेको छ ।
तामाकोशी नदी किनारमा तैरिरहेको अवस्थामा करिव ५५÷६० वर्ष उमेर समुहको सेतोमा निलो धर्का भएको कोठो सर्ट र कालो धर्के पाइन्ट लगाएको पुरुषको शव सडिगली सकेको अवस्थामा फेला परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
उक्त शव कोशी किनारवाट पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको र शवको पहिचान खुलेपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।