वडाअध्यक्ष सहितको मिलेमतोमा बढी मुल्य लिएर डोजर प्रयोग

Written by meropradesh creator

१६ जेष्ठ २०७८, आईतवार

रामेछाप । रामेछाप नगरपालीका वडा नं ३ साँघुटारमा वडाध्यक्ष सहितका जनप्रतिनिधिहरुको मिलेमतोमा डोजरको प्रयोग हुँदै आएको नेपाली कांग्रेसले आरोप लगाएको छ । वडामा विगत ३ वर्ष देखि सडक लगायत निर्माणका कामहरु विना प्रतिस्पर्धा वडाध्यक्ष लगायत वडा समितिका पदाधिकारीहरुको स्वार्थ अनुकुल एउटै स्काईभेटरले काम गर्दै आएको आरोप नेपाली काँग्रेसले लगाएको हो ।
पछिल्लो पटक त्यसैलाई निरन्तरता दिंदै लिखु करिडोर अन्र्तगत साँघुटार सिरिसे सडक खण्डका लागि प्रदेश साँसद विकास कोषबाट प्राप्त २० लाख रुपैयाँको काम पनि विना प्रतिस्पर्धा यस अघि वडा कार्यालयले प्रयोग गर्दे आएको स्काईभेटरलाईनै दिने तय भएपछि आफुहरुले प्रतिस्पर्धाका आधारमा कम मुल्यमा काम गर्ने स्काईभेटरलाई काम दिनका लागि लिखित रुपमा वडा कार्यालयमा निबेदन दिएको नेपाली काँग्रेस साँघुटारका ईकाई सभापति मनोज खड्काले बताए ।
यस अघि वडा कार्यालय बाट हुने हरेक निर्माणका काममा सोहि स्काईभेटरबाट काम हुने गरेको भएपनि त्यतिबेला प्रतिस्पर्धाका लागि अन्य मेसिन नआएकोले आफुहरुले यसबारेमा केहि नभनेको खड्काले बताए । अहिले फेरी सडकको लागि आएको २० लाख रुपैयाका लागि पनि वडा अध्यक्ष भुपाल श्रेष्ठ संगकै मिलेमतोमा उपभोक्ता समितिले प्रति घण्टा ४ हजार ५ सय रुपैयाँमा काम गर्ने स्काईभेटर तयार हुँदा हुँदै प्रति घण्टा ५ हजार रुपैयाँमा काम गर्ने गरि पुरानै स्काईभेटरले काम गर्न तयारी गरेपछि आफनो पार्टि उक्त बद्मासिका विरुद्ध उत्रन बाध्य भएको पनि सभापति खड्काले बताए ।
खड्काका अनुसार – वडा अध्यक्षले आफुहरुको लिखित गुनासोको सम्बोधन गर्नुको साटो तपाईहरुले जे सक्नु हुन्छ गर्नाेस कहाँ जानु पर्छ जानुस,यहाँका जनतालाई मैले राम्ररी चिनेको छु । काम भनेको पुरानै मेसिनले गर्नै भन्दै धम्किको भाषा प्रयोग गर्नु भयो । उक्त निबेदन उपर अध्यक्षले आईतबार सम्म पनि कुनै चासो नदिएर वे वास्ता गरेको आरोप पनि खड्काले लगाए । उक्त मेसिनले स्थानिय हिमगंगा माविको जमिन सम्मयाउँदा प्रति घण्टा ४ हजार ५ सय रुपयाँमा काम गरेको नजिर हुँदा हुँदै नगर र वडाको बजेटको काम भने प्रति घंण्टा ५ हजारका दरलेनै गर्दे आएको खड्काको भनाई रहेको छ ।
यस बारेमा वडाध्यक्ष भुपाल श्रेष्ठ संग सम्पर्क गर्दा उहाँले वडा कार्यालयमा निबेदन दिन आएको स्वीकार गर्दे आफु ब्यस्त भएकोले त्यसबारेमा आफुले आईतबार वडा कार्यालयमा छलफल गराउने जिम्मा वडा सदस्यलाई दिएको बताए । घटेर काम गर्ने भन्ने कुरा जानकारीमा आएको भएपनि रामेछाप नगरपालीकाका अरु वडाको तुलनामा हामिले कम रेटमा काम गरेको उदाहरण भएको बताए । अन्य वडाले प्रति घंटा ६ हजार देखि ६ हजार ५ सय सम्ममा डोजर लगाएका छन् । तर अहिले सम्म प्रति घंण्टा ५ हजारमानै काम गरेर नगर भरिमा आफुहरुले सस्तो मुल्यमा उदाहरणिय काम गरेको वडा अध्यक्षले दावि गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन, नत्र कारबाही हुने

इजाजतपत्र प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन, नत्र कारबाही हुने

जिल्ला प्रशासन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण बनाउन इजाजतपत्र प्राप्त सबै प्रकारका हातहतियार बुझाउन निर्देशन दिएको छ।प्रशासनका अनुसार जिल्लाभित्र दर्ता भएका हातहतियार तथा गोलीगठ्ठा माघ २० गतेभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी...

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

रामेछाप – नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रामेछाप जिल्लाबाट रामचन्द्र खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार लामो समय संगठनात्मक नेतृत्वमा सक्रिय खड्कालाई जिम्मेवारी दिइएको हो ।...

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न नसक्दा पार्टीका तर्फबाट उम्मेदवारहरू औपचारिक रूपमा सार्वजनिक हुन सकेका छैनन्। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केही निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगिए पनि संसदीय...