वडा सचिव पोखरेल चार लाख रकम सहित रंगेहात पक्राउ

Written by meropradesh creator

६ चैत्र २०७७, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव चार लाख रुपैयाँ घूस लिँदालिँदै बिहिबार पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा कार्यालय वाट घुस रकम लिदा लिदै सचिव भरत कुमार पोखरेललाई रंगेहात पक्राउ गरेकोे हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकमा आफुले कामगरेको भुक्तानी माग्दा लामो समय सम्म रकम निकासामा सिफारीस नगरी निकासा रोकेर घूस मागेको भन्दै ठेकेदारले सुचना दिएपछी सचिबलाई रंगेहात पक्राउ गरेको हो ।
ठेकेदार निकट एक व्यक्तिका अनुसार वडाका सचिब मात्र नभएर सबै पदाधिकारी सबैले मिलेर घूस खान खोजेका थिए । घूस नदिई भुक्तानी नपाइने भएपछि अख्तियारको शरणमा आफुहरु पुगेको ठेकेदार निकट ती व्यक्तिले भने । उक्त ब्यक्तीले दिएको जानकारी अनुसार अख्तियारको स्टिङ अप्रेशन टिम वडा कार्यालय पुग्दा सचिव पोखरेलले चार लाख रुपैयाँ दराजमा राखी सकेका थिए तर सचिबले पैसा आफ्नो दराजमा नराखी इन्जिनियरको दराजमा राखेका थिए ।
सचिव पोखरेलले लिएको चार लाख रुपैयाँका प्रत्येक नोट अख्तियारले फोटोकपी गरेको थियो । रकम बरामद भएपछि पोखरेलले सो रकम घूसको होइन भनी दावी गरे तर, अख्तियारको टोलीले नोटको फोटोकपी नै अगाडि राखिदिएपछि पोखरेल स्तब्ध भएका थिए ।

सनराइज खबर बाट

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

रामेछाप । रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरूको वित्तीय प्रगति अत्यन्तै कमजोर रहेको छ । आर्थिक वर्ष सुरु भएको आठ महिना बितिसक्दा सम्म रामेछापको विकासे कार्यालयको वित्तीय प्रगति ५ प्रतिशत भन्दा बढी हुन सकेको देखीदैन् । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार...