वडा कार्यालयले गर्यो ५७ जनाको निःशुल्क स्वास्थ्य बिमा

Written by meropradesh creator

२१ मंसिर २०७९, बुधबार

रामेछाप । मन्थली नगरपालिका–१ को वडा कार्यालयले आर्थिक अभावकै कारण स्वास्थ्य जीवन बिमा गर्न नसकेका ५७ जना नागरिकको निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ ।

सरकारले हरेक नागरिकलाई स्वास्थ्य विमाको पहुँचमा पुुर्याउने भनेता पनि आर्थिक अभाव कमजोर भएका नागरिकले स्वास्थ्य विमा गर्दा लाग्ने शुल्क तिर्न नसकेर त्यतिकै बस्दै आएका छन् । वडामा अधिकासं नागरिकले आफैले रकम तिरेर स्वास्थ्य विमा गराएता पनि आर्थिक अभाव कमजोर भएका ५७ जनाको वडा कार्यालयले नै सवै शुल्क तिरेर स्वास्थ्य विमा गरिदिएको मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष होमप्रसाद पौडेलले जानकारी दिए ।

उनले भने– वडा भित्र रहेका सबै नागरिकहरु स्वास्थ्य विमाको पहुँचमा पुगुन भन्ने उद्धेश्यले वडा कार्यालयमा भएको बजेटवाट बिमा गर्न नसकेका नागरिकहरुको पहिचान गरि स्वास्थ्य बिमा गरिदिएका हौं । आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिएर स्वास्थ्य विमा गर्न छुटेका र आर्थिक अभावका कारण बिमा गर्न नसकेका सबै नागरिकहरुको खोजी गरि उनीहरुको वडा कार्यालयले खर्च व्यहोरेर बिमा गरिदिने पनि अध्यक्ष पौडेलले बताए ।

आर्थिक अभावमा स्वास्थ्य विमा गर्न नसकेको अवस्थामा वडा कार्यालयले नै पैसा तिरिदिएर आफ्नो परिवारको स्वास्थ्य विमा गरिदिएकोमा धेरै नै खुशी लागेको मन्थली नगरपालिका–१ का काले कामीले बताए । उनले भने–हाम्रो परिवार जस्तै अरु पनि पैसा अभावमा स्वास्थ्य विमाको पहुँचमा पुुग्न नसकेका पनि हुनसक्छन् । वडा कार्यालयले निम्न वर्गका परिवारको स्वास्थ्य विमा गरेको छ की छैन् अनुगमन गरेर विमा गरिदिए निम्न आय भएका व्यक्तिहरुलाइ धेरै राहात मिल्ने कामी बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...