वडा हारेका बोगटीलाई काँग्रेसले गर्यो प्रतिनिधिसभामा सिफारिस

Written by meropradesh creator

१९ भाद्र २०७९, आईतवार

रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस रामेछापले दर्बिलो उम्मेदवार नपाउँदा गएको स्थानिय तह निर्वाचनमा वडामा पराजित भएका नारायण बहादुर बोगटीलाई उम्मेदवार बनाउने गरि पार्टीले केन्द्रमा नाम सिफारिस गरेको छ ।

नेपाली काँग्रेस रामेछापको शनिवार बसेको कार्यसमितिको बैठकले वडामा चुनाव हारेका बोगटीलाई प्रतिनिसभामा उठाउने गरि नाम सिफारिस गरेको हो । बोगटी गएको स्थानिय तहको चुनावमा मन्थली नगरपालिका वडा नं ३ कठजोरवाट वडा अध्यक्षमा उम्मेदवार वनेका  थिए । उनले ४ सय ८८ मत ल्याएर निर्वाचनमा पराजित भएका थिए । उनीसँगै निर्वाचनमा होमिएका नेकपा एमालेका कृष्णगोपाल थापाले ७ सय ५४ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

नेपाली काँग्रेस रामेछापको १३ औं अधिवेशनमा सचिवमा पदमा उम्मेदवार वनेर पराजित वनेका बोगटी पुनः पार्टीको १४ औं अधिवेशनमा नेता कृष्णवहादुर महतको प्यानलवाट सचिव पदमा उम्मेदवार बनेपनि पराजित भएका थिए । पार्टी सचिवमा पटक–पटक पराजित वनेका उनलाई पूर्णवहादुर तामाङ (कान्छाराम) पार्टी सभापति हुने बित्तिकै कार्यालयमा राखेको पार्टीको पहिलो वैठकमा नै सदस्य पदमा मनोनित गरेका   थिए ।

सदस्य पदमा मनोनित बनेका बोगटीलाई केही महिनापछि नै पार्टी सभापति तामाङले पुनः भिरपानीको सित्खामा भएको पाँचौ वैठकबाट पार्टी प्रवक्ताको समेत जिम्मेवारी दिएका थिए । पार्टी सभापति तामाङले पार्टीभित्र कुनै सरसल्लाह नै नगरी बोगटीलाई प्रवक्ताको जिम्मेवारी दिएको भन्दै सचिव लगाएतका बहुमत सदस्यले बैठक बहिस्कार समेत गरेका थिए ।

पार्टीको प्रवक्ताको जिम्मेवारी सम्हालेकै समयमा बोगटी स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षमा भिडेका थिए । वडा अध्यक्षमा पराजित भएपछि नैतिकताको आधारमा पार्टी प्रवक्ताको जिम्मेवारी छोड्लान भन्ने धेरै काँग्रेसका नेता तथा कार्यकर्ताहरुले अपेक्षा गरेका थिए । तर उनले पार्टी प्रवक्ताको जिम्मेवारी छाडेनन् ।

पार्टीको पटक–पटक भएको अधिवेशन र गएको स्थानिय तह निर्वाचनमा समेत पराजित बनेका बोगटीलाई पुनः पार्टी सभापति तामाङले प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गरेको भन्दै नेपाली काँग्रेस पार्टी भित्र चौतर्फी रुपमा बिरोध शुरु भएको छ । पार्टीमा लामो समयदेखी त्याग र तपस्या गरेर काम गर्दै आएका हनोहार नेताहरु हुँदाहुँदै ती नेताको पक्षमा टीकटको लागि सिफारिस गर्नुभन्दा पार्टी सभापतिले आफ्ना आसेपासेलाई सिफारिस गरेको एक नेताले जानकारी दिए । उनले भने– पार्टीका जिम्मेवार व्यक्तिले नै लाज पचाएपछि कसको के लाग्दो रहेछ र !

मंसिर ४ गते हुने निर्वाचनको लागि जिल्लावाट प्रतिनिधिसभा र प्रदेश सभा तथा समानुपातिक तर्फ जाने उम्मेदवारको निर्विवाद ढङ्गले सर्वसम्मत रुपमा उम्मेदवार टुङ्याउनु पर्नेमा उम्मेदवार टुङ्याउन नसक्नु पार्टीका जिम्मेवार पदाधिकारीको कमजोरी भएको नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्काले जानकारी दिए ।

उनले भने– अहिले ज–जसले प्रदेश सभा, प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ती व्यक्तिहरुले पुन ः आगामी वर्षमा हुने स्थानिय तहको निर्वाचनमा नैतिकताको आधारमा उम्मेदवार वन्न नमिल्ने सचिव खड्काले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...