वडा अध्यक्षका उम्मेदवार नै मतदान अधिकृत तोकिए

Written by meropradesh creator

२२ बैशाख २०७९, बिहीबार

रामेछाप । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरी मुख्य निर्वाचन कार्यालय रामेछापले कर्मचारी खटाउँदा गम्भिर गल्ती गरेको भेटिएको छ ।

मुख्य निर्वाचन कार्यालयले बुधवार हचुवाको भरमा कर्मचारी खटाउँदा स्थानिय तहमा वडा अध्यक्ष उम्मेदवार वनेका दुई वडा अध्यक्षलाई मुख्य निर्वाचन कार्यालय रामेछापले मतदान अधिकृत र सहायक मतदान अधिकृतको रुपमा काम गर्ने गरी तोकेको हो । यसरी मतदान केन्द्रमा खटिनेमा लिखु तामाकोशी गाउँपालिका–२ का सैपुका सन्तोष पौडेल र मन्थली नगरपालिका–७ भटौलीका देवेन्द्र श्रेष्ठ रहेका छन् । उनीहरु दुवै जना हाल नेकपा एमालेको तर्फवाट वडा अध्यक्षको उम्मेदवार हुन् ।

यसअघि पौडेल लिखु तामाकोशी गाउँपालिका–२ सैपुमा रहेको अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए । उनले वैशाख ३० गते हुने स्थानिय तहमा लिखु तामाकोशी गाउँपालिका–२ सैपुको वडा अध्यक्षको रुपमा नेकपा एमालेबाट टिकट पाएपछि प्रधानाध्यापकवाट राजिनामा दिएर चुनावी मैदानमा होमिएका हुन् । उनलाई अहिले मुख्य निर्वाचन कार्यालय रामेछापले लिखु तामाकोशी गाउँपालिका–६ तिल्पुङ्गमा रहेको नवदर्शन माध्यमिक विद्यालय कटहरे (ग) मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटाएको छ ।

त्यसैगरी मन्थली नगरपालिका–७ भटौलीका देवेन्द्र श्रेष्ठ मन्थली नगरपालिकामा कार्यरत कर्मचारी हुन् । उनले नेकपा एमालेवाट मन्थली नगरपालिका–७ भटौलीको वडा अध्यक्ष पदमा टिकट पाएपछि मन्थली नगरपालिकामा राजिनामा दिएर चुनावमा उत्रिएका हुन् । उनलाई पनि मुख्य निर्वाचन कार्यालयले मन्थली नगरपालिका– ६ भलुवाजोरमा रहेको आधारभूत विद्यालय बेतीनी (क) मतदान केन्द्रको सहायक मतदान अधिकृतको रुपमा खटाएको छ ।

मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयको कमजोरीको कारण निर्वाचनमा होमिएका उम्मेदवार नै कर्मचारीको रुपमा खटाएपछि कर्मचारी बृत्तमा चर्चा चुलिएको छ । यस बिषयमा जानकारी लिन खोज्दा मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टको मोवाइल नं.९८४९२४८३६८ मा पटक–पटक फोन गर्दा समेत उनको फोन उठेन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...