वडा अध्यक्ष सुनुवार प्रहरी नियन्त्रणमा

Written by meropradesh creator

२९ श्रावण २०७९, आईतवार

लक्षुमण खड्का

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले वडा अध्यक्ष मानबहादुर सुनुवारलाई नियन्त्रणमा लिएको छ । उमाकुण्ड गाउँपालिका–४ का वडा अध्यक्ष मान बहादुर सुनुवारलाई आइतवार प्रहरीले नियन्त्रणमा लिएको हो । सुनुवारले दोहोरो नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई सिफारीस गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

वडा अध्यक्ष सुनुवारले उमाकुण्ड गाउँपालिका–४ प्रितीकी निर्मला बस्नेतलाई नाम परिवर्तन गरी पुन: दोश्रो पटक नागरिकता बनाउन वडावाट सिफारिस दिएका थिए । निर्मलाले यस अघि नै जिल्ला प्रशासन कार्यालय रामेछापवाट नागरिकता लिइ सकेकी थिइन । पुन: बस्नेतले आफ्नै बहिनीको स्कुलको सर्टिफिकेटको आधारमा वडावाट सिफारिस लिएर दोहोरो नागरिकता लिन जिल्ला प्रशासन कार्यालय रामेछापमा कागजात पेश गरेकी थिइन ।

जिल्ला प्रशासन कार्यालय रामेछापले वस्नेतले पेश गरेको कागजको आधारमा कार्यालयमा भएको रेकर्ड भिडाउँदा यसअघि नै नागरिकता लिइसकेको देखेपछि शंका गरी उनीसँग सोधपुछ गर्दा दोहोरो नागरिकता लिन खोजेको देखिएपछि प्रशासनले कागजात नियन्त्रणमा लिएको थियो । प्रशासनले वस्नेतको नागरिकताका लागि सिफारिस गर्ने वडा अध्यक्षलाई नियन्त्रणमा लिन निर्देशन दिए पछी अध्यक्ष सुनुवारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

उनले भने– दोहोरो नागरिकताको सिफारिस दिने वडा अध्यक्षलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भोली गर्ने जनाएको छ । भरखर प्रहरी कार्यालयमा ल्याइ पुर्याएकोले अनुसन्धान भोलीमात्र हुने प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए । वडा अध्यक्षले भने पहिला उक्त महिलाले नागरिकता लिएको जानकारी आफुलाई थाहा नभएको बताएका छन् । यस अघि वडा सचिब पदम कुमारी बस्नेत, दोहोरो नागरिकता नाम परिवतन गरी लिन खोज्ने निर्मला बस्नेत र उनकी आमा प्रहरी नियन्त्रणमा रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...