वडा अध्यक्ष बिरुद्धमा गाउँपालिकामा बिरोध प्रर्दशन

Written by meropradesh creator

७ चैत्र २०७९, मंगलवार

रामेछाप । खाँडादेवी गाएापालिका अन्र्तगत वडा नम्बर ५ का वडा अध्यक्ष मनोज पौडेलको बिरुद्ध वडा बासि गाउँपालिकामा बिरोधमा उत्रेका छन् । वडा अधयक्ष मनोज पौडेलले मनोमानी ढंगले कार्यगरेको भन्दै वडा नम्बर ५ का नागरिक गाउँपालिकामा आन्दोलित भएका छन् । नागरिकले वडा अध्यक्षको राजिनामा माग गर्दै गाउँपालिका घेराउ गर्न गएका हुन् । वडा कार्यलयको केन्द्र तत्काल नसच्याए क्रमगत आन्दोलनमा उत्रने चेतावनी सहित स्थानिय नागरिक आन्दोलनमा उत्रेका हुन् ।

गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी सहित पुर्व जनप्रतिनिधि सहितको टोलिले १ हजार भन्दा बढी नागरिकको हस्ताक्षर संकलन गरी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठलाई बुझाएका छन् । गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउदै राजनितिक दलका प्रतिनिधिहरुले एकलौटी ढंगले वडा कार्यलय सञ्चालन गर्नका साथै वडा कार्यलयको केन्द्र तोक्ने जस्ता खाले निर्णय मनोमानि ढंगले गरेको बताएका छन् । यदि निर्णय तत्काल नसच्याय वडा कार्यलय ताला लगाउने देखी वडा अध्यक्षलाई वडा बाट कालोमोसो लागाएर लखेट्ने सममको चेतावनी दिएको छ । पहिलो चरणको आन्दोलन भएकोले खाफुहरुले शान्तीपुर्ण ढंगबाट गरेको भन्दै अब फेरी आन्दोदनमा उत्रन परे जे पनि हुन सक्ने भन्दै त्यस्तो अवस्था आएको अवस्थामा गाउँपालिकाले जिम्मा लिन नसक्ने बताए ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले भने तत्काल वडा अध्यक्ष संग बसेर सल्लाह गरेर पालिका बैठक बोलाउने बताएका छन् । पालिका बैठकमा समेत छलफल गरेर पालिका बैठकले पास गरिसकेको हुदा बैठक नबसी आफुले तत्काल कुनै निर्णय लिन नसक्ने बताए ।

 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...