वडा अध्यक्ष बिरुद्धमा गाउँपालिकामा बिरोध प्रर्दशन

Written by meropradesh creator

७ चैत्र २०७९, मंगलवार

रामेछाप । खाँडादेवी गाएापालिका अन्र्तगत वडा नम्बर ५ का वडा अध्यक्ष मनोज पौडेलको बिरुद्ध वडा बासि गाउँपालिकामा बिरोधमा उत्रेका छन् । वडा अधयक्ष मनोज पौडेलले मनोमानी ढंगले कार्यगरेको भन्दै वडा नम्बर ५ का नागरिक गाउँपालिकामा आन्दोलित भएका छन् । नागरिकले वडा अध्यक्षको राजिनामा माग गर्दै गाउँपालिका घेराउ गर्न गएका हुन् । वडा कार्यलयको केन्द्र तत्काल नसच्याए क्रमगत आन्दोलनमा उत्रने चेतावनी सहित स्थानिय नागरिक आन्दोलनमा उत्रेका हुन् ।

गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी सहित पुर्व जनप्रतिनिधि सहितको टोलिले १ हजार भन्दा बढी नागरिकको हस्ताक्षर संकलन गरी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठलाई बुझाएका छन् । गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउदै राजनितिक दलका प्रतिनिधिहरुले एकलौटी ढंगले वडा कार्यलय सञ्चालन गर्नका साथै वडा कार्यलयको केन्द्र तोक्ने जस्ता खाले निर्णय मनोमानि ढंगले गरेको बताएका छन् । यदि निर्णय तत्काल नसच्याय वडा कार्यलय ताला लगाउने देखी वडा अध्यक्षलाई वडा बाट कालोमोसो लागाएर लखेट्ने सममको चेतावनी दिएको छ । पहिलो चरणको आन्दोलन भएकोले खाफुहरुले शान्तीपुर्ण ढंगबाट गरेको भन्दै अब फेरी आन्दोदनमा उत्रन परे जे पनि हुन सक्ने भन्दै त्यस्तो अवस्था आएको अवस्थामा गाउँपालिकाले जिम्मा लिन नसक्ने बताए ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले भने तत्काल वडा अध्यक्ष संग बसेर सल्लाह गरेर पालिका बैठक बोलाउने बताएका छन् । पालिका बैठकमा समेत छलफल गरेर पालिका बैठकले पास गरिसकेको हुदा बैठक नबसी आफुले तत्काल कुनै निर्णय लिन नसक्ने बताए ।

 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

खाँडादेवी गाउँपालिको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले विरोध पछि गरे बहिस्कार – गाउँ सभा अनिश्चित 

खाँडादेवी गाउँपालिको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले विरोध पछि गरे बहिस्कार – गाउँ सभा अनिश्चित 

रामेछाप । खाँडादेवी गाउँपालिकाको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले बहिस्कार गरेका छन् । वडा अध्यक्षहरूले गाउँभामा बहुमतको कदर नभएको भन्दै बहिस्कार गरेका छन् । वडा अध्यक्षहरूको विरोध पछि गाउँ सभा स्थगित भएको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठले वडा कार्यालय र कार्यपालिकाको...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...