वातावरण बिनासले मानव सभ्यता लोप हुन सक्छ

Written by meropradesh creator

२२ जेष्ठ २०७८, शनिबार

सन्तोष ढुङ्गेल
संसारकै सर्ब श्रेष्ठ प्राणी भनेको मानिस हो । जो सधै बुद्धि विवेक र चेतनाले अब्बल हुन्छ अनि उसले सबै प्राणी र तत्वलाई मिलाएर राख्न सक्छ । वातावरणिय सन्तुलन कामय गर्न पनि मानिसको अहम भुमिका हुन्छ । मानवले चाह्यो भने प्राकृतिक सौर्न्दर्यताले भरिपूर्ण वातावरण निर्माण गर्न सक्छ । किनकि मानिस पनि त प्रकृतिको एक अभिन्न अंग हो । प्रकृतिले वातावरण संरक्षणको दायित्व मानिसलाई सुम्पेको छ । जब मानिसमा गलत मनोभावना सिर्जना हुन्छ अनि उसको पनि मति भ्रष्ट हुन्छ ।
प्राकृतिक सौर्न्दर्यले भरिपूर्ण भएको वातावरणलाई मानवले गर्ने एक पछि अर्को बिनाशले विश्वमा रोग भोक र शोक निम्त्याएको छ । जब मानव क्रूर भएर प्रकृतिको दोहन गर्छ अनि त्यसको परिणाम प्रकृतिले देखाउँछ । जब विश्वमा तिब्र जनसंख्या वृद्धि हुन्छ अनि त्यसले वातावरण र प्रकृतिलाई बिनाश गर्छ । त्यो बिनाश रोक्न प्रकृतिले जनसंख्या नियन्त्रण गर्छ त्यो ज्यादै कारुणिक र दर्दनाक हुने गर्द छ । अहिलेको महामारी पनि त्यसैको एउटा उदाहरण हो भन्दा दुई मत नहोला । आज मानवलाई चाहिने अक्सिजन अभाव भइरहेको छ कृत्रिम अक्सिजन लिनु पर्ने अवस्था आएको छ । कारण यहि हो मानिसले प्राकृतिलाई बिनाश ग¥यो । पछिल्लो अवस्था हेर्ने हो भने हजारौं हेक्टर वन जङ्गल आगलागीको सिकार भए । त्यसको प्रत्यक्ष असर जङ्गलमा बस्ने जंगली जनावर देखि सिङ्गो मानव समाजलाई परेको छ । सयौं जंगली जनावर जलेका छन भने लाखौं बोटबिरुवा पनि नष्ट भएका छन् । जब मानिसले आफ्नो धर्म बिर्सन्छ अनि उसले गर्ने कर्म अप्राकृतिक हुने गर्द छ । त्यसको परिणाम अनि त्यही मानवले भोग्नु पर्छ । प्रकृति र वातावरण एक अर्काका परिपूरक हुन् । नेपाल एउटा प्राकृतिक सौन्दर्यले सिंगारिएको सुन्दर फुलबारी हो । यहि सौर्न्दर्यताले धेरै बिदेशी पाहुनाको आकर्षणको बिन्दु बनाएको छ । साच्चै भन्ने हो भने देशको अर्थतन्त्रमा ठूलो टेवा पु¥याएको छ । त्यसैले नेपाललाई पर्यटनको केन्द्र कायम राख्न वातावरण संरक्षण गर्दै हराभरा प्रकृति बनाउनु जरुरी छ । वातावरण संरक्षण गर्दै प्राकृतिक सम्पदाको रक्षा गर्नु आजको पहिलो प्राथमिकता हो ।
आज नगरे कहिले गर्ने, मैले नगरे कसले गर्छ , भन्ने सोचले वातावरण संरक्षण गरौं । रुख काट्ने मात्र हैन रुख रोप्न पनि सिकौं । मैले रोपेको रुख मेरो पुस्तौं सम्मका सन्ततिलाई हो , मैले सफा गरेको वातावरण मेरो स्वस्थ्यको लागि हो भन्ने सोचको बिकास गरौ । आफू बाचौं र अरुलाई पनि बचाउँ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...