वाणिज्य संघद्धारा कोभिड बिपत ब्यवस्थापन राहात कोष स्थापना

Written by meropradesh creator

३० जेष्ठ २०७८, आईतवार

रामेछाप । पछिल्लो समय व्यवसायी समेत कोरोना संक्रमण हुने दर बढेसँगै रामेछाप उद्योग बाणिज्य संघले आफ्ना व्यवसायीहरुको हितको लागि छुट्टै कोभिड–१९ बिपत व्यवस्थापन राहात कोष स्थापना गरेको छ ।
रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरेको अध्यक्षतामा जेठ २६ गते बसेको आकस्मीक बैठकले कोष स्थापना गर्ने निर्णय गरेको हो । गएको वर्ष पहिलोपटकको कोरोनाको लहर सँगै रामेछापका केही व्यवसायीहरु कोरोना संक्रमित भएका थिए । पछिल्लो दोश्रो पटक पुनः कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै जिल्लाका आम व्यवसायीहरुको स्वास्थ्य सुरक्षाको लागि रामेछाप उद्योग वाणिज्य संघले छुट्टै कोभिड–१९ विपद् व्यवस्थापन राहात कोषको स्थापना गरिएको रामेछाप उद्योग वाणिज्य संघका महासचिव नबराज ढुंगेलले जानकारी दिए ।
उनले भने– उद्योग बाणिज्य संघमा आवद्धता भएका सदस्यहरुलाई यदी कोरोना संक्रमण भइहालेको खण्डमा कोषमा जम्मा भएको रकमले उनीहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने भन्ने उद्धेश्यले राहात कोषको स्थापना गरिएको हो । कोषमा जम्मा भएको रकमले कोरोना संक्रमित व्यवसायीहरुको हितमा खर्च गरिने महासचिव ढुंगेलले बताए ।
बैठकले संस्थामा आवद्ध व्यवसायीहरुलाई कोरोना संक्रमण भइहालेको खण्डमा ती विरामीलाई आर्थिक सहयोग गर्ने, आइसोलेसन वेड सञ्चालन तथा सहयोगार्थ कार्यविधि समेत तयार गरिएको रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदासले जानकारी दिए । उनका अनुसार– विरामीहरुको आइसोलेसन वेड तयार गर्न, आर्थिक श्रोत जुटाई व्यवस्थापनको लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ ।
उद्योग वाणिज्य संघले गठन गरेको कोभिड तथा विपत व्यवस्थापन राहात कोषको संयोजकमा रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नविनकुमार थापामगरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । गठित समितिका सदस्यहरुमा दामोदर थापा, सुरेश उदास, सुमिका श्रेष्ठ र यज्ञप्रसाद सुवेदी रहेको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिृकत नविनकुमार केसीले जानकारी दिए ।


त्यसैगरी पछिल्लो सयम जिल्लामा व्यवसाय संञ्चालन गर्दै आएका व्यवसायीहरु कोरोना संक्रमित हुनेको संख्यामा बृद्धि भएको छ । व्यवसायीहरुले अहिलेसम्म कोरोना भ्याक्सिन लगाउन नपाएको भन्दै तत्काल रामेछापका २ हजार व्यवसायीहरुलाई कोरोना भ्याक्सिनको व्यवस्थापन गरिदिन नेपाल उद्योग वाणिज्य महासंघ टेकु र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशलाई पत्राचार गरिएको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरले जानकारी दिए ।
रामेछाप उद्योग वणिज्य संघले गएको वर्ष कोरोना महामारीमा खाद्यान्न अभाव भएका नागरिकहरुलाई खाद्यान्न सहयोग गर्नुको साथै पैदल हिडन्े पैदल यात्रीलाई खाना र वस्नको समेत व्यवस्थापन गरेको थियो । त्यसैगरी विभिन्न समयमा जिल्लामा हुने वाढी पैरो, भुकम्प, आगलागी लगाएत विभिन्न दैविप्रकोपका घटनाका पिडीत नागरिकहरुलाई खाद्यान्न तथा आर्थिक सहयोग समेत गर्दै आएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड देखाएको छ। हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली प्रदर्शन गर्दै अग्रता लिइरहेको छ। पछिल्लो विवरणअनुसार रास्वपाले ३६...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ भन्दा करिब तीन गुणा बढी मत ल्याउँदै जित...