चितवन । हतारमा वामपन्थी एकता गर्ने पक्षमा नेकपा माओवादी केन्द्र नरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भयो ।
शुक्रबार चितवनमा पत्रकारहरु संग कुरा गर्दै अध्यक्ष प्रचण्डले हतारमा पार्टी एकता गरेर दुर्घटना निम्त्याउन नचाहेको भन्दै सतर्क भएर मात्रै काम व्यवहारमा देखिने बताएका छन् । उनले भने, ‘हामीले अहिले हतारमा पार्टी र वाम एकता गरे दुर्घटना निम्त्याउन चाहन्नौं। किनकी विगतमा एकताको नाममा पुरानै दुर्घटना निम्त्याउन चाहन्नौं । त्यसकारण हतारमा यो काम हुँदैन। र हामी सतर्क छौं, सतर्कका साथ अगाडि बढेका छौं । यदि भएमा तपाईहरूले काम देखिने गरी व्यवहारमा देख्नु हुनेछ ।’
अहिले राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई जोड दिँदै उनले काम गर्दै जाँदा परिणामले नै देख्ने गरी वाम एकता हुन सक्ने भन्दै तत्काल पुरानै दुर्घटना तर्फ जान नचाहेको बताएका छन् ।