रामेछाप । उमाकुण्ड गाउँपालिकाले वैशाख ३० र ३१ गते दुई दिन स्थानीय पर्व बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले आइतबार एक सुचना जारी गर्दै किराँत लगायत अन्य समुदायले मनाउने उभौली पर्व (स्याँदर पिदार) को अवसरमा वैशाख ३० र ३१ गते दुई दिन स्थानीय पर्व बिदा दिएको जनाकारी गराएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले उमाकुण्ड गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार यही वैशाख ३० र ३१ गते स्थानीय पर्व बिदा दिइएको सूचनामा उल्लेख छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...