वेदमा आधारित दर्शनलाई वैदिक दर्शन भनिन्छ । वेद कसैद्वारा लेखिएको ग्रन्थ र कुनै जाति , सम्प्रदाय र समुहका लागि तयार पारिएको ग्रन्थ पनि होइन । वृद भनेको ज्ञान हो । सम्पूर्ण मानव जातिको ज्ञानको स्रोत वेद नै हो । वृद व्यक्ति द्वारा नलेखिएको हुनाले यसलाई अपौरुषेय भनिएको हो । ईश्वरीय शक्तिको अक्षय अर्थात नष्ट नहुने आवाज नै वेद हो ।त्यसैले वेदलाई देववाणि पनि भनिन्छ । वेद शब्द जान्नु , हुन वा रहनु , पाउनु र विचार गर्नु भन्ने अर्थलाई बुझाउने विद् धातुबाट निष्पन्न हुन्छ । यसरी निष्पन्न हुने वेद शब्दले विशेषगरी जसद्वारा परमात्माको बोध हुन्छ त्यस ज्ञानलाई बुझाउछ । कुनै पनि तत्व ज्ञानको निमित्त प्रमाणहरुको आवश्यकता पर्दछ । ती प्रमाणमध्ये वेदलाई शब्द प्रमाणको रुपमा मानिन्छ । वेदलाई विद्वानहरुले त्रयि , श्रुती , आम्नाय , छन्द स्वाध्याय र निगम आदि अनेक नाम दिएका छन् । पुर्वीय मान्यता अनुसार साक्षात् भगवान्को श्वासको रुपमा प्रकट भएको नित्य र अपौरुषेय ज्ञान राशि नै वेद हो । सर्वप्रथम भगवान्ले ब्रहमाजीलाई वेदको उपदेश गर्नुभएको हो भन्ने धारण उल्लेख भएको पाइन्छ । वेद शब्दको अर्थ को सम्बन्धमा विभिन्न धारणाहरु पाइन्छन् । विदन्ति अनेन भन्ने शब्दबाट वेद शब्द आएको हो ।सबै धर्म ,अर्थ,काम, मोोक प्राप्त गर्ने उपाय जसले सिकाउछ त्यहि वेद हो भनेर वेद शब्दको अर्थ लगाइन्छ । प्रत्यक्ष र अनुमानले साथ दिन नसकेको कुरालाई वेदले सिद्ध गर्दछ । कुनै व्यक्तिको प्रयास बाट नबनेको नित्य शब्दराशि नै वेद हो । वेदमा उल्लेख गरिएको ज्ञान का लागि कुनै प्रमाण को आवश्यकता पर्दैन जसलाई स्वतःसिद्द ज्ञान वा स्वतःप्रमाणित पनि भनिन्छ । अतःवेदलाई अपौरुषेय , अनादि , अनन्त एवम् स्वतःप्रमाणिक भनिन्छ । वेदलाई मन्त्र र ब्राह्मण को नामबाट चिनिन्छ । मन्त्र भनेको कुनै देविदेवतालाई सम्बोधन गरेको हो । मन्त्र का चार संहिता छन् जसमा : ऋक, साम, यजु र अथर्व।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...