रामेछाप । उत्कृष्ट कर दाताको रुपमा रामेछाप उद्योग वाणिज्य संघ रामेछापका निवर्तमान अध्यक्ष श्याम थापालाई करदाता सेवा कार्यालय रामेछापले सम्मान गरेको छ । जिल्लाका व्यवसायी मध्ये बाट राज्यलाई सबै भन्दा धेरै कर बुझाएको भन्दै करदाता सेवा कार्यालय रामेछापले थापालाई सम्मान गरेको हो । त्यसैगरी करदाता सेवा कार्यालयमा उत्कृष्ट काम गरेको भन्दै करदाता सेवा कार्यालय रामेछापका कर्मचारी नवीन घिमिरेलाई पनि सम्मान गरेको छ । ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि ः सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ आयोजना गरिएको १० औँ राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गरिएको हो । आर्थिक बर्ष २०७६÷७७ मा रामेछाप जिल्लाका व्यवसायी मध्ये राज्यलाई थापाले सबै भन्दा धेरै कर बुझाएको र घिमिरेले कर्मचारीको रुपमा रहेर उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको हो ।
आधुनिक एवं वैज्ञानिक कर प्रणाली तर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवश मनाउन थालिएको छ ।
१० औँ राष्ट्रिय कर दिवसको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिति एवं मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार बस्नेतले राज्यलाई कर तिर्नु नागरिकको मुख्य दायित्व भएको भएपनी अधिकाँश नागरिक र पेशा ब्यवसायीहरुले कर तिर्ने बेलामा रातोमुख लगाउने गरेको बताए । पछिल्लो समयमा स्थानीय सरकारले लगाएको करको विषयमा बजारमा बाक्लै बिभिन्न खालका राम्रा नराम्रा कुरा उठ्ने गरेको भन्दैै सरकारले लगाएको करलाई आफनो ठाउँ र भविष्यसंग जोडेर हेर्न आग्रह गरे । बस्नेतले नगरपालिका भित्रका करदाताहरुको हितमा काम गर्न नसकेको स्वीकार गर्दै चाँडै करदाताको हितमा नगरपालिकाले करदाता कार्यालय रामेछाप र रामेछाप उधोग वाणिज्य संघको समन्वयमा जनचेतना मुलक कार्यक्रम गर्ने बताए ।
त्यस्तै गरी १० औं कर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कर अधिकृत कृष्ण प्रसाद न्यौेपाने आफूले उपयोग गरेको सेवा बापत राज्यलाई तिर्ने रकम नागरिकको दातित्व भित्र पर्ने बताए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...