उत्कृष्ट कर दाताको रुपमा थापा सम्मानीत

Written by meropradesh creator

१ मंसिर २०७८, बुधबार

रामेछाप । उत्कृष्ट कर दाताको रुपमा रामेछाप उद्योग वाणिज्य संघ रामेछापका निवर्तमान अध्यक्ष श्याम थापालाई करदाता सेवा कार्यालय रामेछापले सम्मान गरेको छ । जिल्लाका व्यवसायी मध्ये बाट राज्यलाई सबै भन्दा धेरै कर बुझाएको भन्दै करदाता सेवा कार्यालय रामेछापले थापालाई सम्मान गरेको हो । त्यसैगरी करदाता सेवा कार्यालयमा उत्कृष्ट काम गरेको भन्दै करदाता सेवा कार्यालय रामेछापका कर्मचारी नवीन घिमिरेलाई पनि सम्मान गरेको छ । ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि ः सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ आयोजना गरिएको १० औँ राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गरिएको हो । आर्थिक बर्ष २०७६÷७७ मा रामेछाप जिल्लाका व्यवसायी मध्ये राज्यलाई थापाले सबै भन्दा धेरै कर बुझाएको र घिमिरेले कर्मचारीको रुपमा रहेर उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको हो ।
आधुनिक एवं वैज्ञानिक कर प्रणाली तर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवश मनाउन थालिएको छ ।
१० औँ राष्ट्रिय कर दिवसको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिति एवं मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार बस्नेतले राज्यलाई कर तिर्नु नागरिकको मुख्य दायित्व भएको भएपनी अधिकाँश नागरिक र पेशा ब्यवसायीहरुले कर तिर्ने बेलामा रातोमुख लगाउने गरेको बताए । पछिल्लो समयमा स्थानीय सरकारले लगाएको करको विषयमा बजारमा बाक्लै बिभिन्न खालका राम्रा नराम्रा कुरा उठ्ने गरेको भन्दैै सरकारले लगाएको करलाई आफनो ठाउँ र भविष्यसंग जोडेर हेर्न आग्रह गरे । बस्नेतले नगरपालिका भित्रका करदाताहरुको हितमा काम गर्न नसकेको स्वीकार गर्दै चाँडै करदाताको हितमा नगरपालिकाले करदाता कार्यालय रामेछाप र रामेछाप उधोग वाणिज्य संघको समन्वयमा जनचेतना मुलक कार्यक्रम गर्ने बताए ।
त्यस्तै गरी १० औं कर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कर अधिकृत कृष्ण प्रसाद न्यौेपाने आफूले उपयोग गरेको सेवा बापत राज्यलाई तिर्ने रकम नागरिकको दातित्व भित्र पर्ने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...