उप–सभापति कार्कीले पार्टी मनोमानी ढङ्गले सञ्चालन गरेको भन्दै सचिबद्धय कार्की र खड्का द्वारा विज्ञप्ति जारी

रामेछाप । नेपाली काँग्रेस रामेछापका उप–सभापति लेख बहादुर कार्कीले पार्टीको विधान र पद्धति विपरीत मनोमानी ढङ्गबाट पार्टी सञ्चालन गरेको भन्दै सचिबद्धय विनोद कार्की र दीपक खड्काले विज्ञप्ति जारी गरेको छ । सचिबद्धय कार्की र खड्का द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ“नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका उप–सभापति लेख बहादुर कार्कीले पार्टीको विधान र पद्धति विपरीत हुने गरी अनधिकृत रूपमा मिति २०८२ वैशाख १८ गते कार्यवाहक सभापतिको नाममा पत्राचार गरी मिति २०८२ वैशाख २५ गतेको लागि तथाकथित कार्यसम्पादन समितिको बैठक बोलाइएको कुरा सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त भएको छ ।

 उक्त कार्य नेपाली काँग्रेसको विधानको धारा १२(६) र नियमावलीको परिच्छेद १५ को धारा ४१ ले गरेको व्यवस्था विपरीत भएको भनिएको छ । साथै सचिवहरूको विधान प्रदत्त क्षेत्राधिकार समेत कुण्ठित हुने गरी तथा बैठकका एजेन्डाहरू तय गर्ने र बैठक आव्हान गर्ने सन्दर्भमा पार्टीको विगतको निर्णय अनुसारको सचिवालय वा पदाधिकारीको बैठकले गर्ने पद्धति र अभ्यासलाई समेत बेवास्ता गर्दै मनोमानी रूपमा बैठक राख्ने र एकपक्षीय निर्णय गर्दै पार्टीलाई अस्तव्यस्त र ध्वस्त पार्ने कार्य भइरहेको प्रति गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।

साथै नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले विधान विपरीत गरेका निर्णयहरू उपर केन्द्रीय सभापति, पदाधिकारीहरू र केन्द्रीय प्रतिनिधि मदन बहादुर अमात्य समेतलाई ध्यानाकर्षण पत्र बझाई सकेको अवस्थामा पुनः पार्टीको विधान र पद्धति विपरीत उप–सभापति लेख बहादुर कार्कीले बैठक बोलाउने कार्य गरकोले हामी सचिव द्वयले समग्र जिल्ला पार्टी नेतृत्व पङ्क्ति जुट्ने गरी र उपयुक्त निकास निकाल्ने उद्देश्यले सोही मिति, समय र स्थानमा विगत देखि भए गरेका विधान विपरीतका कार्यहरू मिति सच्याउने एजेन्डा सहित जिल्ला कार्य समितिको विस्तारित बैठक आव्हान गरिएको सन्दर्भमा २०८२ वैशाख २४ गते उप–सभापतिले उक्त अनधिकृत बैठक स्थगित गरिएको पत्र पुनः सामाजिक सञ्जालमा प्रेषित गरिएको पाइएकोमा नेपाली काँग्रेसको विधान र नियमावली र हालसम्मको परम्परा अनुसार बैठक अगाडि पदाधिकारी बैठक बसी आपसी समझदारीमा बैठकका एजेन्डा, मिति र स्थान तोकी सचिवले बैठक आव्हान गर्ने प्रचलन अनुसार लामो समयदेखि नेपाली काँग्रेस रामेछापको बैठक बोलाउँदै आइरहेकोमा पछिल्लो समयमा उप–सभापतिले पदाधिकारी बैठक नबसी आपसी छलफल नगरी तथाकथित कार्यसम्पादन समितिको बैठक बोलाई मनोमानी एकपक्षीय निर्णय गर्दै आउनु भएकोले अब उप्रान्त पदाधिकारी बैठकबाट एजेन्डा तयार गरी नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको पूर्ण बैठक बस्ने वातावरण निर्माण गर्न नेतृत्वको ध्यानाकर्षण गर्दछौँ विज्ञप्तिमा भनिएको छ ।

यदि त्यसो नगरी पुनः मनोमानी र एकलौटी ढङ्गले विधान विपरीतबाट पार्टी सञ्चालन गर्ने प्रयत्न गरिएमा पार्टीलाई लोकतान्त्रिक ढङ्गबाट, विधि र पद्धति अनुसार सञ्चालन गर्न गराउन सशक्त प्रतिवाद गरिने समेत चेतावनी दिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...