काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागी आज उमेदवार टुंगो लगाउने भएको छ । इलाम क्षेत्र नम्बर–२ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभातर्फ बझाङ–१ ‘क’मा हुने उपनिर्वाचनका विषयमा उमेदवार टुंगो लगाउन आज कार्यसम्पादन समितिको बैठक बस्दै छ ।
बैठक बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।