उपभोक्ताको घरघरमा खानेपानी पुर्याउँछु– अध्यक्ष खड्का

Written by meropradesh creator

७ फाल्गुन २०७७, शुक्रबार

रामेछाप । सदियौ देखी खानेपानीको समस्या झेल्दै आएका लिखु तामाकोशी गाउँपालिकाका उपभोक्ताहरुलाई चाडै खानेपानी घरघरमा पुर्याउने गरि योजनाको काम अघि वढाउने लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले बताएका छन् ।
खानेपानीको समस्या झेल्दै आएका लिखु तामाकोशी गाउँपालिका वडा नं–३ र ४ बिजुलीकोट र वडा नं–५ नागदहका नागरिकहरुको घरघरमा पानी पुर्याउने गरि खानेपानीको मुहान हेरिसकेकाले अब तत्काल नै प्राविधिक इष्टमेट गराएर लाग्ने रकमको जोहो गरेपछि उक्त योजनाको काम अघि वढाउने अधयक्ष खड्काले बताए।
विजुलीकोट र नागदह क्षेत्रमा प्रयाप्त मात्रामा खानेपानीको मुहान नभएकाले त्यस क्षेत्रमा लिखु तामाकोशी गाउँपालिका वडा नं–१ दुरागाउँको हिगाखोलाको पानी ल्याउने गरि मुहानको निरिक्षण समेत पालिकाले गरिसकेको छ । त्यसै खेर गइरहेको हिगाखोलाको पानी धोवीडाँडामा ल्याएर रिर्जभ ट्याङकी निमार्ण गरि जम्मा गरेर विजुलीकोट र नागदहका नागरिकहरुलाई बितरण गर्न लागिएको हो ।
नागदह र बिजुलीकोटमा गरि करिव ७ हजार भन्दा बढी घरधुरिले अहिले प्रयाप्त मात्रामा खानेपानी उपभोग गर्न पाएका छैनन् । खानेपानी उपभोग गर्न बञ्चित त्यस गाउँका सबै उपभोक्ताहरुलाई सहजताको लागि गाउँपालिकाले बृहत खानेपानी योजनाको काम अघि सारेको सो गाउँपालिकाले जनाएको छ ।
खानेपानी योजना निमार्णको लागि पालिकामा आएको रकम र अपुग रकम खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नं ४ रामेछाप, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना तथा प्रदेश र संघ मार्फत वजेट माग गरेर योजना सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष खड्काले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...