नेकपा रामेछापबाट प्रतिनिधि सभाका लागि समानुपातिक सदस्यका उम्मेदवार शरद रसाइलीलाई मातृशोक परेको छ। उहाँकी ६८ वर्षीया आमा निल माया रसाइलीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो। आगोले पोलेर घाइते हुनुभएकी उहाँको सोही अस्पतालमा जलनको उपचार भइरहेको थियो।आफ्नी आमाको निधनको खबर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुहुँदै उम्मेदवार रसाइलीले यसलाई ‘परिवारका लागि अत्यन्तै कठिन क्षण’ भन्नुभएको छ। शोकको यस घडीमा विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक अगुवाहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिरहेका छन्।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









