उम्मेदवार परिवर्तन गरेर उम्मेदवारी दर्ता

Written by meropradesh creator

१२ बैशाख २०७९, सोमबार

रामेछाप । मन्थली नगरपालिकाको प्रमुख र उप–प्रमुख पदमा उम्मेदवार वनेका व्यक्ति पछि हटेपछि माओवादी केन्द्र र एकीकृत समाजवादी गठवन्धनले उम्मेदवार परिर्वतन गरेर उम्मेदवारी दर्ता गराएको छ ।
पाँच दलिय गठवन्धन गरेर निर्वाचन जाने तयारी गरेपनि गठवन्धनबिच तालमेल नमिल्दा नेपाली काँग्रेस एक्लै निर्वाचनमा भाग लिएको छ । काँग्रेस एक्लै निर्वाचन होमिएपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बिच तालमेल गरेर मन्थली नगरपालिकाको प्रमुखमा संंविधानसभा सदस्य तारानारायण श्रेष्ठ र उप–प्रमुखमा मन्जु माझीलाई उम्मेदवार बनाएको थियो ।
गठवन्धनले उम्मेदवार तयार गरेपनि अन्तिममा उम्मेदवारी दर्ता गर्ने समयमा उम्मेदवार वनेका संविधानसभा सदस्य तारानारायण श्रेष्ठ र उप–प्रमुख पछि हटेपछि उनीहरुको ठाउँमा नेकपा माओवादी केन्द्रवाट दीपक प्रसाई र उप–प्रमुखमा एकीकृत समाजवादीका कृष्णवहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी मन्थली नगरपालिकामा नेपाली काँग्रेसको तर्फवाट प्रमुख पदमा बिनोद कार्की र उप–प्रमुख पदमा यशोदा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नेकपा एमालेको तर्फवाट प्रमुुखमा लव श्रेष्ठ र उप–प्रमुखमा ईश्वर बस्नेतले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै रामेछाप नगरपालिकामा नेपाली काँग्रेसको तर्फवाट प्रमुखमा लवश्री न्यौपाने र उप–प्रमुख पदमा वाला कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै नेकपा एमालेको तर्फवाट रामेछाप नगरपालिकाको प्रमुखमा रोशन पाख्रिन र उप–प्रमुखमा सिता केसीले उम्मेदवारी दर्ता गरेकी छिन् । त्यस्तै प्रमुखमा नेकपा माओवादी केन्द्रका नरेश बाबु श्रेष्ठ र उप–प्रमुखमा ढाल बिक्रम कार्की एकीकृत समाजवादी वाट उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाका अन्य ६ वटा स्थानिय तहमा पनि उम्मेदवारी दर्ता गराउने क्रम चलिरहेको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ । निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारहरुलाई आलोपालो प्रणाली अनुसार उम्मेदवारी दर्ता गराउने समय तोकिएकाले आज साँझसम्म उम्मेदवारी दर्ता हुने जनाइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...