उम्मेदवार परिवर्तन गरेर उम्मेदवारी दर्ता

Written by meropradesh creator

१२ बैशाख २०७९, सोमबार

रामेछाप । मन्थली नगरपालिकाको प्रमुख र उप–प्रमुख पदमा उम्मेदवार वनेका व्यक्ति पछि हटेपछि माओवादी केन्द्र र एकीकृत समाजवादी गठवन्धनले उम्मेदवार परिर्वतन गरेर उम्मेदवारी दर्ता गराएको छ ।
पाँच दलिय गठवन्धन गरेर निर्वाचन जाने तयारी गरेपनि गठवन्धनबिच तालमेल नमिल्दा नेपाली काँग्रेस एक्लै निर्वाचनमा भाग लिएको छ । काँग्रेस एक्लै निर्वाचन होमिएपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बिच तालमेल गरेर मन्थली नगरपालिकाको प्रमुखमा संंविधानसभा सदस्य तारानारायण श्रेष्ठ र उप–प्रमुखमा मन्जु माझीलाई उम्मेदवार बनाएको थियो ।
गठवन्धनले उम्मेदवार तयार गरेपनि अन्तिममा उम्मेदवारी दर्ता गर्ने समयमा उम्मेदवार वनेका संविधानसभा सदस्य तारानारायण श्रेष्ठ र उप–प्रमुख पछि हटेपछि उनीहरुको ठाउँमा नेकपा माओवादी केन्द्रवाट दीपक प्रसाई र उप–प्रमुखमा एकीकृत समाजवादीका कृष्णवहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी मन्थली नगरपालिकामा नेपाली काँग्रेसको तर्फवाट प्रमुख पदमा बिनोद कार्की र उप–प्रमुख पदमा यशोदा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नेकपा एमालेको तर्फवाट प्रमुुखमा लव श्रेष्ठ र उप–प्रमुखमा ईश्वर बस्नेतले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै रामेछाप नगरपालिकामा नेपाली काँग्रेसको तर्फवाट प्रमुखमा लवश्री न्यौपाने र उप–प्रमुख पदमा वाला कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै नेकपा एमालेको तर्फवाट रामेछाप नगरपालिकाको प्रमुखमा रोशन पाख्रिन र उप–प्रमुखमा सिता केसीले उम्मेदवारी दर्ता गरेकी छिन् । त्यस्तै प्रमुखमा नेकपा माओवादी केन्द्रका नरेश बाबु श्रेष्ठ र उप–प्रमुखमा ढाल बिक्रम कार्की एकीकृत समाजवादी वाट उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाका अन्य ६ वटा स्थानिय तहमा पनि उम्मेदवारी दर्ता गराउने क्रम चलिरहेको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ । निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारहरुलाई आलोपालो प्रणाली अनुसार उम्मेदवारी दर्ता गराउने समय तोकिएकाले आज साँझसम्म उम्मेदवारी दर्ता हुने जनाइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...