रामेछाप । उमाकुण्ड गाउँपालिकामा २० वेडको आइसोलेन सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले कोरोना संक्रमित थपिदै गएपछी यसअघि पाँच वेड मात्र रहेको अस्पताललाई १५ वेड थपेर २० वेडको पुर्याएको हो ।
गाउँपालिका भित्रका संक्रमितलाई सहज रुपमा उपचार गर्नको लागि गाउँपालिकाले अस्पताललाई २० वेडको अस्पताल बनाएको गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुुनवारले बताए । अध्यक्ष सुनुवारले भने डाक्टरसहित सेवा दिदै आएको अवस्थामा अहिले संक्रमित बिरामीहरुको उपचार भइरहेको छ ।
तत्कालकोलागी अस्पताललाई चाहिने आवश्यक स्रोत साधन समेत गाउँपालिकाले व्यवस्था गरिसकेको गाउँपालिकाका अध्यक्ष सुुनवारले बताए साथै गम्भीर संक्रमित बाहेकका कोभिडका बिरामीलाई अस्पतालमै उपचार गर्ने व्यवस्था मिलाइएको पनी जानकारी दिए । अध्यक्षले भने,‘हामीले सकेसम्म गाउँपालिका वासीलाई सकेको सेवा प्रवाह गर्न लागि परेका छौ संक्रमितलाई उपचार गर्न गाउँपालिकामा अक्सिजनको अभाव हुन नदिने समेत बताए ।
संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन नदिन गाउँपालिकाले २० वटा अक्सिजन सिलिन्डर खरिद गरेको छ । योसँगै गाउँपालिकाले खरिद गरेको २५ वटा र विभिन्न संघ संस्थाले दिएको १५ वटा गरेर हाल अस्पतालमा ४० वटा अक्सिजन सिलिन्डर रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समेत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार पैकराले बताए ।