उमाकुण्ड र लिखुको इन्चार्जमा ओली समुहमा देखियो खडेरी

Written by meropradesh creator

२ माघ २०७७, शुक्रबार

रामेछाप । रामेछापको उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाको इन्चार्जमा नेकपा ओली समुहमा खडेरी परेको देखिएको छ । नेकपा ओली समुहले जिल्लाका ८ वटै स्थानिय तहहरुमा आफ्नो जिल्ला इन्चार्जको नामावली सार्वजनिक गरेको छ । ओली समुहले सार्वजनिक गरेको नामावलीमा उमाकुण्ड गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकामा इन्चार्ज बस्ने नेता नभेटाएपछि खाँडादेवी गाउँपालिकाका नेतालाई ती दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिएर पठाएको हो ।
ओली समुहले हाल उमाकुण्ड गाउँपालिकाको गाउँ कमिटी इन्चार्जमा केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुगेल र लिखु तामाकोशी गाउँपालिकाको गाउँ कमिटि इन्चार्जमा केन्द्रीय सदस्य माधब ढुगेललाई इन्चार्ज तोकेर ती गाउँकमिटीको जिम्मेवारी दिएर पठाएको सो पार्टीले जनाएको छ ।
नेकपाको ओली समुह र प्रचण्ड–माधव समुहको छुट्टा–छुट्टै भएका भेलामा उमाकुण्ड गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैले दुवैको भेलामा सहभागीता नजनाई पर्ख र हेरको अवस्थामा बसेपछि ओली समुहले ती दुई गाउँपालिकाको गाउँ कमिटीमा बाह्य गाउँपालिकाका नेतालाई इन्चार्जको जिम्मेवारी दिएर पठाएको हो ।
ओली समुहले जिल्लाका अन्य छ वटा गाउँपालिकाको इन्चार्जमा गोकुलगंगा गाउँपालिकाको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य गीता कार्कीलाई जिम्मेवारी दिएको छ । त्यस्तै रामेछाप नगरपालिकाको इन्चार्जमा राजकुमार श्रेष्ठ, मन्थली नगरपालिकाको नगर कमिटीको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य माया कार्कीलाई तोकिएको छ ।
त्यसैगरी खाँडादेवी गाउँपालिकाको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य प्रेमबहादुर तामाङ्ग, सुनापति गाउँपालिकाको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य भुबन घिमिरे र दोरम्बा गाउँपालिकाको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य तुलाप्रसाद कँडेललाई तोकिएको नेकपा ओली समुहका केन्द्रिय सदस्य कमल चौलागाईले जानकारी दिए ।

 

 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...