उमाकुण्ड र गोकुलगंगाले शुरु गरे इएफटी सेवा

Written by meropradesh creator

१८ असार २०७९, शनिबार

रामेछाप । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड र गोकुलगंगा गरी दुई गाउँपालिकाको आर्थिक कारोवार अब इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (इएफटी) सेवा बाट हुने भएकाे छ । जिल्लाको ८ वटा स्थानिय तहहरु मध्ये पहिलो पटक यो कार्यक्रम दुई गाउँपालिकाले शुरु गरेका  हुन् ।

पालिकाले गर्ने विभिन्न विकास निमार्ण लगाएतका अन्य कामको भुक्तानी लिन नागरिकले झन्झटीलो भएको भन्दै गुनासो गरेपछि त्यसलाई सरलीकरण गर्न दुई गाउँपालिकाले पहिलो पटक इएफटी सेवा संचालन गरेको हो । पालिकाले संचालनमा ल्याएको यससेवा वाट नागरिकहरुले आर्थिक कारोवारको कामको लागि पालिकामा धाउनु नपर्ने र बैंकहरुमा चेक साट्न लाइनमा पनि बस्नु नपर्ने भएको गोकुलगंगा गाउँपालिकाका लेखा अधिकृत राजन गुरागाईले जानकारी दिए ।

उनले भने– पहिला पालिका स्तरमा भएका विभिन्न कामको भुक्तानीको लागि सेवाग्राहीहरुले आवश्यक कागजात लिएर पालिकामा आएर बुझाएर फर्कनुपर्ने र चेक बनेपछि पुनः नागरिक चेक लिन आउनु पर्ने समस्या थियो । अब उक्त समस्यावाट दुई पालिकाका सेवाग्राहीले मुक्त्ती पाएका छन् । भुक्तानीको लागि सेवाग्राहीहरुले आवश्यक कागज पेश गरेपछि कागजातको आधारमा सिधै उनीहरुले खोलेको खातामा पालिकाले रकम जम्मा गरिदिने अधिकृत गुरागाईले बताए ।

पालिकाले शुरु गरेको यो कार्यक्रमले आर्थिक कारोवारको काम लिएर जाने सेवाग्राहीले सहज रुपमा सेवा पाउने आशा आफुले लिएको उमाकुण्ड गाउँपालिका–४ प्रितीका नागरिक अगुवा झपडराज भण्डारीले जानकारी दिए । उनले भने– पहिलो पालिकाले दिएको योजनाको काम सकेर भुक्तानी लिन जाँदा पालिकामा चेक काट्न समय लाग्ने, एकपटक काम नहुँदा पुनः अर्को पटक पनि जानुपर्दा उपभोक्ताको धेरै खर्च लाग्ने जस्ता समस्या थिए । अव यो कार्यक्रम लागु भएपछि आफ्नो योजनाको रकम आफ्नो खातामा गयो की गएन भनेर सोधेर बैंकमा पैसा झिक्न जान नागरिकलाई सहज भएको भण्डारीले बताए ।

नेपाल सरकारले दुई वर्षअघि देखी नै संघीय र प्रदेश लगाएतका सरकारी कार्यालयहरुमा इएफटी सेवा संचालन गरेको थियो । स्थानिय तहमा पनि यो सेवा संञ्चालन गर्दा नागरिकहरुले सहज र सरल किसिमले सेवा पाउन सकुन भन्ने उद्धेश्यले रामेछापका स्थानिय तहहरुमा पनि यो कार्यक्रम लागु गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रामेछापका लेखापाल लक्ष्मण पोखरेलले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...