उद्योग बाणिज्य संघको स्थापना दिवसको अवसरमा संस्थापक सदस्य सम्मानित

Written by meropradesh creator

२१ फाल्गुन २०७७, शुक्रबार

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले आफ्नो २८ औं स्थापना दिवस शुक्रवार एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।
संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर संस्थापक अध्यक्ष एवं सदस्यहरुलाई सम्मान समेत गरेको छ । रामेछाप उद्योग व्यापार संघ २०४९ साल फागुन २१ गते जिल्ला प्रशासन कार्यालय रामेछापमा विधिवत रुपमा दर्ता भएर व्यवसायीहरुको हकहितको क्षेत्रमा काम गर्दै आएको छ । रामेछाप उद्योग वणिज्य संघले पहिलो पटक आफ्नो स्थापना दिवस मनाएको हो ।


कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर गरेको कार्यक्रम अतिनै महत्वपूर्ण रहेको बताए । उनले भने– धेरैजसोले आफ्नो संस्थाको स्थापना दिवसको कुनै कार्यक्रम नै मनाउँदैनन् । यसको शुरुवात रामेछाप उद्योग वाणिज्य संघले गरेको छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सक्नुपर्छ । मन्थली नगरपालिकाले पनि यसवर्ष स्थापना दिवसको कार्यक्रम गरेर मनाएको नगर प्रमुख बस्नेतले बताए ।
कार्यक्रमका अतिथि सहायक प्रमुख जिल्ला अधिकारी तुलराज सुनुवारले उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर संस्थापन अध्यक्ष तथा सदस्यहरुलाई गरेको सम्मान निकै महत्वपूर्ण रहेको बताए । जसले संस्थालाई हुर्काउने र संस्थालाई जोगाईराख्न काम गर्नुभयो, उहाँहरुलाई सम्मान गरेर उद्योग वाणिज्य संघले उदाहरणिय काम गरेको बताए । कार्यक्रममा वोल्दै सहायक प्रजिअ सुनुवारले व्यवसायीले आफ्नो व्यवसाय मात्रै हेर्ने हैन, आम उपभोक्ताहरुको पनि हित हुने किसिमले गुणस्तरयुक्त सामाग्रीहरु विक्रीवितरण गर्नु पर्नेमा जोड दिए ।


कार्यक्रम रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य श्याम थापाले यसअघि उद्योग वाणिज्य संघले व्यवसायीहरुको हकहितको क्षेत्रमा मात्रै काम गर्दै आएकोमा यसपटक भने संस्थाले स्थापनाकाल देखी योगदान पुर्याउँदै आएका सदस्यहरुलाई सम्मानित गरेर नयाँ कामको थालनी गरेको बताए ।


उद्योग वाणिज्य संघले २८ औं स्थापना दिवसको अवसर पारेर संस्थापक अध्यक्ष प्रज्जलकुमार बज्राचार्य, संस्थापन कोषाध्यक्ष प्रेमनारायण श्रेष्ठ, सदस्यहरुमा क्रमशः नारायणदाश श्रेष्ठ, रामकुमार श्रेष्ठ, बिष्णुबहादुर थापामगर, कुमार श्रेष्ठ, मोहनकुमार श्रेष्ठ, स्व.गोपाल प्रसाद ढुगेल, स्व.कृष्णदाश श्रेष्ठ, काजीदाश श्रेष्ठ र हरिवहादुर लामालाई सम्मानित गरेको छ । सम्मानित हुने सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि रमेशकुमार बस्नेतले ढाका टोपी, खादा, माला र सम्मान–पत्रले सम्मानित गरेका थिए ।


सम्मान पाएसँगै पूर्व अध्यक्ष एवं सल्लाहाकार सदस्य नारायणदाश श्रेष्ठले उद्योग वाणिज्य संघले स्थापना कालमा गरेको योगदानको महत्व बुझेर गरेको सम्मानले आफु निकै हर्षित भएको बताए । उनले भने– हामीले धेरै अथक प्रयासका साथ संस्था स्थापना गरेका थियौ । शुरुमा व्यवसायी साथीहरु एकदम कम थिए । सदरमुकाम मन्थली झरेपछि व्यवसायीहरुले पसल खुल्ने क्रम बढेसँगै यो संस्थाको स्थापना गरेका थियौ । संस्थाको भवन निमार्णको लागि जग्गा व्यवस्थापन देखी भवन निमार्णको काम समेत आफ्नै पालामा शुरु गरेको थिए । अहिले संस्था पहिलाको जस्तो छैन्, मजवुत छ, व्यवसायी साथीहरु पनि धेरै हुनुहुन्छ यसमा म सारै खुशी छु श्रेष्ठले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको...

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरू निलम्बन भोग्न समेत तयार रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै उनले जनताका प्रश्नहरूलाई दबाउन खोजिएको भन्दै सभामुखको रुलिङप्रति असन्तुष्टि जनाए। सुकुम्वासी समस्या,...

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...