उच्च अदालत पाटनको आदेशपछि अध्यक्ष खड्का जेलबाट छुट्दै–पालिकामा तरङ्ग

Written by meropradesh creator

१७ पुष २०७७, शुक्रबार

रामेछाप । कारागारमा रहेका लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्का थुनामुक्त हुने भएपछि पालिकामा तरङ्ग उत्पन्न भएको छ ।
गत साउन महिनामा अध्यक्ष खड्कालाई स्थानिय केही गाउँलेहरुले अध्यक्ष खड्कालाई फसाउने नियतले शरीर बन्धक गरी चेक काट्न लगाएको, जग्गाको बिषयमा ठगी गरेको साथै एक युवतीलाई जर्बजस्ती करणी गरेको भन्दै एकपछि अर्को गर्दै तीनवटा मुद्धा जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापले तीनवटै मुद्धा एकैपटक राय सहित जिल्ला सरकारी वकील कार्यालयमा पेश गरेको थियो । प्रहरीको रायको आधारमा जिल्ला सरकारी वकील कार्यालयको तर्फबाट जिल्ला न्यायाधिवक्ताले तीनवटै मुद्धाको अभियोग पत्र तयार गरी जिल्ला अदालत रामेछापमा पेश गरेका थिए ।
अध्यक्ष माथि परेको मुद्धामा जिल्ला अदालत रामेछापले शरीर बन्धक मुद्धामा २ लाख, ठगी मुद्धामा ५० लाख धरौटी माग गरेको थियो भने जर्बजस्ती बलात्कारको केशमा पुर्पक्षको लागि कारागार चलान गर्ने गरि फैसला सुनाएको थियो । जिल्ला अदालत रामेछापले गरेको फैसला आफुलाई चित्त नबुझेको भन्दै जिल्ला अदालत रामेछापको फैसला बिरुद्ध अध्यक्ष खड्काले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
अध्यक्ष खड्काले दायर गरेको रिटको उच्च अदालत पाटनले बिहिवार अध्यक्ष खड्काको पक्षमा फैसला गर्दै ५ लाख रकम धरौटी माग गरि थुनामुक्त गर्न आदेश दिएको हो । त्यसैगरी अध्यक्ष खड्का माथि परेको शरीर बन्दक मुद्धाको बिषयमा जिल्ला अदालत रामेछापले गरेको फैसला नै सदर गरेको छ भने ठगी मुद्धामा ५० लाख रुपैयाँ धरौटी माग गर्ने जिल्ला अदालत रामेछापको निर्णय समेत बदर गरेको छ । खड्का कारागारबाट थुनामुक्त भएपछि बाहिरै बसेर मुद्धा लड्न पाउने भएका हुन् ।
अध्यक्ष खड्काको पक्षमा रामेछापमा अधिबक्ता झम्क कडेल र यादबप्रसाद दाहाल लगाएतका अधिवक्ताले बहस गरेका थिए । त्यसैगरी उच्च अदालत पाटनमा अध्यक्ष खड्काको पक्षमा योगेन्द्र अधिकारीले बहस गरेका थिए । कारागारबाट थुनामुक्त भएसँगै पुनः खड्का लिखु तामाकोशी गाउँपालिकाको प्रमुखको रुपमा काम गर्ने भएका छन् ।
जर्बजस्ती करणी अभियोग लगाएत तीनवटा मुद्धामा अध्यक्ष खड्का जेल चलान भएपछि एकपक्षिय तबरले पालिकाको काम संचालन गर्दै आएका उपाध्यक्ष लगाएतको टोलीलाई अध्यक्ष खड्का जेलमुक्त हुने खबर पाएसँगै पालिकामा एक किसिमको तरङ्ग छाएको छ । अध्यक्ष खड्का छ महिनापछि पुनः पालिकाको प्रमुखको रुपमा काम गर्ने गरि पालिका फर्कदै छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड देखाएको छ। हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली प्रदर्शन गर्दै अग्रता लिइरहेको छ। पछिल्लो विवरणअनुसार रास्वपाले ३६...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ भन्दा करिब तीन गुणा बढी मत ल्याउँदै जित...