तरुणदलले गर्यो बृहत रक्तदान कार्यक्रम

Written by meropradesh creator

१० कार्तिक २०७८, बुधबार

रामेछाप । नेपाल तरुणदल रामेछापले आफ्नो ६८ औं स्थापना दिवसको अवसर पारेर बुधवार जिल्ला सदरमुकाम मन्थलीमा बृहत्त रक्तदान कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको छ ।

जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरुमा भर्ना भएका बिरामीहरुले रगत अभाव झेल्दै आएपछि तरुणदलको स्थापना दिवसको अवसर पारेर संस्थाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको सहकार्यमा संस्थाले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा धेरै नागरिकहरुको उपस्थिती भएता पनि ३८ जनाले मात्रै रगत दान गरेका थिए ।

नेपाल तरुणदलले आयोजना गरेको रक्तदान कार्यक्रममा रगत दान गर्न नेपाल रेडक्रस सोसाइटीको सभाहल मन्थलीमा भेला भएका नेपाल तरुणदल रामेछापका पदाधिकारीहरु, नेपाली काँग्रेसका पदाधिकारीहरु, भातृसंस्थाका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि, जिल्ला स्थित अन्य नागरिकहरु र पत्रकारहरुको समेत उपस्थिती रहेको नेपाल तरुणदल रामेछापका अध्यक्ष काजीबहादुर खड्का (दिनेश)ले जानकारी दिए ।

रक्तदान कार्यक्रममा धेरै नागरिकहरुको उपस्थिती भएता पनि सबैले रक्तदान गर्न पाएनन् । नेपाल रेडक्रस सोसाइटीमा रहेको फ्रिजमा जम्मा ४० पोका मात्रै ब्लड अट्ने भएकाले स्टोरको समस्या हुँदा रक्तदान कार्यक्रममा उपस्थित भएका सबैको रगत संकलन गर्न नसकिएको रेडक्रस सोसाइटी रामेछापले जनाएको छ ।


नेपाल रेडक्रसमा जम्मा भएको रगत जिल्लाका सरकारी अस्पताल, निजी अस्पताल र छिमेकी जिल्ला सिन्धुलीको खुर्कोटमा रहेका अस्पतालहरुले विरामीहरुको लागि रगत लैजाने गरेका छन् । जिल्लामा संकलन गरिएको रगत ३५ दिन भन्दा बढी राख्न नमिल्ने भएकाले पनि सबैको रगत संकलन गर्न नसकिएको नेपाल रेडक्रस सोसाइटी रामेछापका कार्यालय प्रमुख शम्भुकुमार बुढाथोकीले जानकारी दिए ।

यअघि जिल्लाका सरकारी तथा निजी अस्पतालमा उपचार लिन आउने विरामीहरुले रगत खोज्न जिल्ला वाहिरसम्म धाउनु पर्ने वाध्यता रहदै आएको थियो । पछिल्लो समय नेपाल रेडक्रस सोसाइटीले ब्लड बैंक स्थापना गरेर अहिले रामेछापको अलावा छिमेकी जिल्ला सिन्धुली र दोलखाका बिरामीलाई आवश्यक परेको रगत जिल्लामा नै सहज रुपमा उपलव्ध हुँदै आएको छ ।

नेपाल तरुणदल रामेछापले आफ्नो संस्थाको स्थापना दिवसको अवसर पारेर गरेको रक्तदानले धेरै बिरामी परेका नागरिकहरुको ज्यान नै बच्न सक्ने भएकाले संस्थाले धेरै राम्रो र उदाहरणिय काम गरेको नेपाली काँग्रेस रामेछापका प्रदेश महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...