रामेछाप । धार्मिक संस्था त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र रामेछापमा भएको भेलाले रामेछापको संयोजकमा पार्बती कार्कीलाई चयन गरेको छ ।
जिल्ला सदरमुकाम मन्थलीमा आइतवार त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका केन्द्रिय संरक्षक केशर पुरीको अध्यक्षतामा भएको सो भेलाले कार्कीलाई रामेछापको संयोजकमा चयन गरेको हो । त्यसैगरी भेलाले ९ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ । समितिका सह–संयोजक, सचिव र कोषाध्यक्षमा क्रमशः तारा भण्डारी, लक्ष्मी थापा र कोषाध्यक्षमा अन्जना रानामगरलाई चयन गरेको हो ।
त्यसैगरी समितिको सदस्यहरुमा क्रमशः सरीता बुढाथोकी (तामाङ), एमकुमारी घिमिरे, रिया मगर, देवी थापामगर र सबिता श्रेष्ठ रहेका छन् । त्यस्तै भेलाले केशव घिमिरे, चन्द्र मानन्धर, श्याम थापा र दीपक भट्टलाई सल्लाहाकार समितिमा चयन गरेको छ । संस्थाले जिल्लामा सामाजिक र धार्मीक क्षेत्रमा उल्लेख्य मात्रामा कामहरु गर्ने छ ।
जिल्लामा गठन भएको त्रिनेत्र अध्यात्मक चिन्तन केन्द्रले रामेछापका ८ वटै स्थानिय तह र ६४ वटै वडाहरुमा उप–समिति गठन गर्दै जाने धार्मिक कामहरु पनि सँगै लैजाने त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र रामेछापकी संयोजक पार्बती कार्कीले जानकारी दिइन ।