त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र द्धारा बृद्ध–बृद्धालाई सम्मान तथा फलफूल बितरण

Written by meropradesh creator

५ फाल्गुन २०७७, बुधबार

रामेछाप । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र जिल्ला समिति रामेछापले पंचमीको पाबन अबसर पारेर मंगलबार खाँडादेवी गाउँपालिका वडा नं–४ पकरबासको त्रिवेणी नर्वदेश्वर महादेव मन्दिर परिसरमा बस्ने बृद्ध–बृद्धालाई सम्मान गर्नुको साथै फलफूल बितरण गरेको छ ।
त्रिबेणी नर्बदेश्वर मन्दिरमा बस्ने पूजारी र बृद्ध–बृद्धाहरुलाई त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले मन्दिरमा पुगेर सम्मान गर्नुको साथै फलफूल बितरण गरेको हो । दुई हप्ता अघि मात्रै रामेछापमा जिल्ला समिति गठन गरेको यस संस्थाले पहिलो कार्यक्रम मार्फत मन्दिरमा बस्नेहरुलाई सम्मान र फफूल बितरण गरेर धार्मिक कार्यक्रम अघि वढाएको हो ।


लामो समयदेखी त्रिवेणी मन्दिरमा ६ जना बृद्ध–बृद्धाहरु बस्दै आएका छन् । उनीहरुलाई त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र रामेछापले श्रद्धा गरेर सम्मान र फलफूल बितरण गरेर ठूलो पून्यप्राप्तीको काम गरेको र आगामी दिनमा पनि यस्तै सहयोग र बृद्ध–बृद्धाहरुलाई सम्मानका कार्यक्रमहरु लिएर आउन त्रिवेणी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वेदप्रसाद प्रसाईले आग्रह गरे ।
उनले भने– मन्दिरमा बसोवास गर्दै आएका बृद्ध–बृद्धाहरुले आफ्नै रकम खर्चेर खानाको व्यवस्थापन गर्दै आएका छन् । मन्दिरमा बस्ने दुईजनालाई मन्दिर व्यवस्थापन समितिले खाने व्यस्था मिलाएको छ भने बाँकी अन्य चारजनाले भने आफ्नै रकम खर्चेर खाने गरेका छन् । मन्दिरमा आम्दानीको श्रोत नहुँदा समस्या भएको अध्यक्ष प्रसाईले बताए ।


मन्दिरमा बस्दै आएका जेष्ठ नागरिकहरुलाई सम्झेर मन्दिरमा आई आफुहरुलाई सम्मान गर्नुको साथै फलफूल बितरण गरेकोमा असाध्यै खुशी लागेको त्रिवेणी नर्वदेश्वर मन्दिरमा बिगत १५ वर्षदेखी बस्दै आएकी पदममाया कार्कीले जानकारी दिइन । उनले भनिन्– यहाँसम्म आएर हामीलाई आफ्नै आमा सम्झेर श्रद्धा गर्नु भयो । आगामी दिनमा पनि आउँनुहोला, सम्मान गर्न पुगेका सहभागीहरुप्रति खुशी व्यक्त गरिन् ।


त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र रामेछापकी अध्यक्ष पार्वती कार्कीको अध्यक्षतामा भएको उक्त सम्ममान तथा फलफूल बितरण कार्यक्रममा बिशेष अतिथि त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र बागमती प्रदेशकी उपाध्यक्ष पार्वती खड्का र सचिव सरस्वती रायमाझीको समेत उपस्थिती थियो ।
त्यस्तै कार्यक्रममा नेपाल मगर महिला संघ जिल्ला कार्यसमिति रामेछापकी अध्यक्ष तारा राईका मगर(भण्डारी) र त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र रामेछापका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । संस्थाले आगामी दिनमा जिल्लाका विभिन्न स्थानिय तहहरुमा समेत पुगेर समिति विस्तार गर्ने र धार्मिक कार्यहरु समेत गर्ने सो संस्थाले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...