त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र द्धारा बृद्ध–बृद्धालाई सम्मान तथा फलफूल बितरण

Written by meropradesh creator

५ फाल्गुन २०७७, बुधबार

रामेछाप । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र जिल्ला समिति रामेछापले पंचमीको पाबन अबसर पारेर मंगलबार खाँडादेवी गाउँपालिका वडा नं–४ पकरबासको त्रिवेणी नर्वदेश्वर महादेव मन्दिर परिसरमा बस्ने बृद्ध–बृद्धालाई सम्मान गर्नुको साथै फलफूल बितरण गरेको छ ।
त्रिबेणी नर्बदेश्वर मन्दिरमा बस्ने पूजारी र बृद्ध–बृद्धाहरुलाई त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले मन्दिरमा पुगेर सम्मान गर्नुको साथै फलफूल बितरण गरेको हो । दुई हप्ता अघि मात्रै रामेछापमा जिल्ला समिति गठन गरेको यस संस्थाले पहिलो कार्यक्रम मार्फत मन्दिरमा बस्नेहरुलाई सम्मान र फफूल बितरण गरेर धार्मिक कार्यक्रम अघि वढाएको हो ।


लामो समयदेखी त्रिवेणी मन्दिरमा ६ जना बृद्ध–बृद्धाहरु बस्दै आएका छन् । उनीहरुलाई त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र रामेछापले श्रद्धा गरेर सम्मान र फलफूल बितरण गरेर ठूलो पून्यप्राप्तीको काम गरेको र आगामी दिनमा पनि यस्तै सहयोग र बृद्ध–बृद्धाहरुलाई सम्मानका कार्यक्रमहरु लिएर आउन त्रिवेणी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वेदप्रसाद प्रसाईले आग्रह गरे ।
उनले भने– मन्दिरमा बसोवास गर्दै आएका बृद्ध–बृद्धाहरुले आफ्नै रकम खर्चेर खानाको व्यवस्थापन गर्दै आएका छन् । मन्दिरमा बस्ने दुईजनालाई मन्दिर व्यवस्थापन समितिले खाने व्यस्था मिलाएको छ भने बाँकी अन्य चारजनाले भने आफ्नै रकम खर्चेर खाने गरेका छन् । मन्दिरमा आम्दानीको श्रोत नहुँदा समस्या भएको अध्यक्ष प्रसाईले बताए ।


मन्दिरमा बस्दै आएका जेष्ठ नागरिकहरुलाई सम्झेर मन्दिरमा आई आफुहरुलाई सम्मान गर्नुको साथै फलफूल बितरण गरेकोमा असाध्यै खुशी लागेको त्रिवेणी नर्वदेश्वर मन्दिरमा बिगत १५ वर्षदेखी बस्दै आएकी पदममाया कार्कीले जानकारी दिइन । उनले भनिन्– यहाँसम्म आएर हामीलाई आफ्नै आमा सम्झेर श्रद्धा गर्नु भयो । आगामी दिनमा पनि आउँनुहोला, सम्मान गर्न पुगेका सहभागीहरुप्रति खुशी व्यक्त गरिन् ।


त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र रामेछापकी अध्यक्ष पार्वती कार्कीको अध्यक्षतामा भएको उक्त सम्ममान तथा फलफूल बितरण कार्यक्रममा बिशेष अतिथि त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र बागमती प्रदेशकी उपाध्यक्ष पार्वती खड्का र सचिव सरस्वती रायमाझीको समेत उपस्थिती थियो ।
त्यस्तै कार्यक्रममा नेपाल मगर महिला संघ जिल्ला कार्यसमिति रामेछापकी अध्यक्ष तारा राईका मगर(भण्डारी) र त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र रामेछापका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । संस्थाले आगामी दिनमा जिल्लाका विभिन्न स्थानिय तहहरुमा समेत पुगेर समिति विस्तार गर्ने र धार्मिक कार्यहरु समेत गर्ने सो संस्थाले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...