ट्राफिकले शुरु गर्यो सवारी दुर्घटना न्युनीकरण सम्वन्धी कार्यक्रम

Written by meropradesh creator

६ पुष २०७८, मंगलवार

रामेछाप । सबारी दुर्घटनामा बृद्धि भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी दुर्घटना न्युनीकरण गर्न सप्ताहाव्यापी कार्यक्रम मंगलवारवाट शुरुवात गरेको छ ।


सप्ताहाव्यापी कार्यक्रमको पहिलो दिन प्रहरीले जिल्लाका विभिन्न रुटहरुमा चल्ने यातायातका साधनहरुमा स्टीकर टाँस गरेर कार्यक्रमको शुरुवात गरेको हो । उक्त कार्यक्रमको शुरुवात रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले सदरमुकाम मन्थलीका रुटहरुमा चल्ने अटोमा सवारी दुर्घटना सम्वन्धी न्युनीकरणको स्टीकर टाँस गरेर शुरुवात गरेका हुन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक नबराज ढुंगानाको समेत उपस्थिती रहेको थियो ।


ट्राफिक प्रहरीले शुरुवात गरेको यो अभियान एकहप्तासम्म चल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख बिकल भट्टराईले जानकारी दिए । उनका अनुसार ट्राफिक प्रहरीले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई जनचेतनामुलक शिक्षाको विषयमा विद्यालयमा नै गएर कक्षा लिने, चालक र यात्रुहरुसँग अन्र्तक्रिया कार्यक्रम गर्ने त्यसैगरी सामाजिक संस्था जेसिस र प्रहरी मिलेर मन्थली क्याम्पसमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने कार्यक्रम रहेको छ ।


त्यस्तै जिल्लामा संचालन भएका अटो चालकहरुलाई ट्राफिक नियम सम्वन्धी कक्षा लिएर सप्ताहा व्यापी कार्यक्रमको अन्त्य गरिने भएको छ । यसरी जिल्लामा गर्न लागिएको सवारी दुर्घटना सम्वन्धी कार्यक्रमले चालक र यात्रु दुवैमा सवारी दुर्घटना के कसरी हुन्छ र यसवाट जोगिने उपायहरु केके हुन् भन्ने ज्ञान हुँदा दुर्घटनामा कमी आउने अपेक्षा आफुहरुले लिएको ट्राफिक प्रमुख भट्टराईले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको...

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरू निलम्बन भोग्न समेत तयार रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै उनले जनताका प्रश्नहरूलाई दबाउन खोजिएको भन्दै सभामुखको रुलिङप्रति असन्तुष्टि जनाए। सुकुम्वासी समस्या,...

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...